चितवन । चितवनमा हवाई यात्रुको चाप बढेको छ । भरतपुर बिमानस्थलका अनुसार बाढी, पहिरो र चार्डपर्वको कारण विमानस्थलमा यात्रुको चाप अत्याधिक बढेको हो । १७ गतेदेखी आएको बाढी र पहिरोको कारण विभिन्न सडकहरु बेला बेला अबरुद्द हुँदै आएका छन्। जसका कारण दसैं मनाएर फर्कने यात्रुहरु बाटोमै रोकिन परेको थियो भने अर्को तर्फ हिजो शनिबार हवाई सेवा बन्द हुँदा हवाई यात्रुको चाप अत्याधिक बढेको हो ।
काठमाडौँ–भरतपुर, भरतपुर–पोखरा उडान भर्दै आएको बुद्ध यएरले यात्रुको चाप बढेसँगै उडानसमेत थप गरेको छ । हाल भरतपुर-काठमाडौँ ७ र भरतपुर–पोखरा १ उडान गरी दैनिक ८ वटा उडान भईरहेको बिमानस्थलले जनाएको छ । यात्रुको चाप बढेपनी भाडादर भने पुरानै कायम रहेको बिमानस्थले जनाएको छ । अन्य समयमाभन्दा चाडपर्वमा यात्रुको चाप बढ्ने गर्दछ । अहिले पहिरोको कारण नारायणगढ–मुग्लिन सडकखण्ड बेला बेला अबरुद् हुँदा हवाई यात्रुको चाप अझ बढेको बिमानस्थलले जनाएको छ । हवाई यात्रुको चाप बढेपछि जिल्ला प्रशासनको पहलमा भरतपुर विमानस्थलबाटै काठमाडौँका लागि माइक्रो बसको व्यवस्था समेत गरिएको छ ।
विमानस्थलमा टिकट नपाएर अलपत्र परेका यात्रुलाई माइक्रो बसमार्फत् काठमाडौँ पठाइएको छ । Forbes प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विमानस्थल पुगेर अवस्था हेरेपछि उनले यातायात व्यवसायीसँग आग्रह गरेर विमानस्थलबाटै यात्रु लैजाने व्यवस्था मिलाएका हुन् । हाल नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा रहेको छ । पृथ्वी राजमामर्गको चितवन खण्ड पनि खुल्ला रहेको छ । प्रशासनले शनिबार चितवनमा रोकिएका यात्रुलाई ७५ प्रतिशत छुटमा होटलमा बस्ने व्यवस्था गरेको थियो । बिच बाटोमै रोकिएका यात्रुहरुलाई होटलमा बस्न छुटको व्यवस्था भएपछी उनिहरुलाई राहत मिलेको थियो ।








