काठमाडौँ । आज गैरआवासीय नेपाली दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल सरकारले गैरआवासीय नेपाली दिवस एनआरएन डे भनेर अक्टोबर ११ लाई घोषणा गरेपश्चात नेपालमा हरेक वर्ष यसैदिन गैरआवासीय दिवस मनाउने गरिएको हो । यस वर्ष भने आज मनाइँदै छ ।
गैर आवासीय नेपाली दिवसको सुरुवात सन् २००३ मा काठमाडौंमा सम्पन्न पहिलो विश्व सम्मेलनपछि भएको हो। विश्वभर छरिएर रहेका नेपालीहरुको साँझा सस्था गैरआवासीय नेपाली संघले औपचारिक कार्यक्रमको आयोजना गरी दिवस मनाउँदैछ ।
यो एउटा सार्क मुलुक बाहेकका मुलुकमा रहेका नेपाली नागरिक तथा नेपाली मुलका विदेशी नागरिक अटाउन सक्ने गैर–आवासीय नेपालीहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो । पछिल्लो तथ्यांकअनुसार गैर–आवासीय नेपाली संघमा ६८ हजार भन्दा बढी सदस्य आवद्ध रहेका छन् । संसारभरका ५६ वटा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) संघमा आवद्ध रहेका छन् ।








