हेटौँडा । हेटौँडा-१० बसपार्कमा लैङगिक हिन्सा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ। सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौँडा-१० बसपार्कको आयोजना र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा लैङगिक हिन्सा विरुद्धको १६ दिने अभियान अन्तर्गत सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो। प्रहरी,स्थानीय महिला,टोल विकास संस्थाका प्रतिनिधि,विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिम अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो। सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौँडा-१० बसपार्कका अध्यक्ष प्रदिप कंडेलको सभाध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राज कुमार सापकोटा,अधिकारकर्मी सर्मिला श्रेष्ठ, साना हातहरु नामक संस्थाका स्टेसन म्यानेजर दिगम्बर रुपाचा, मानवअधिकारका लागि एकल महिला समूहकी अध्यक्ष टिका कुमारी पौडेल,आदर्श टोल विकास संस्थाकी अध्यक्ष शान्ता गजुरेल,संचारकर्मी सुनिल शिवाकोटी लगायतले अभिनयको बारेमा आफ्ना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा प्रहरी चौकी बसपार्कका प्रहरी सहायक निरीक्षक सुरेन्द्र हजारा,जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका असई प्रकाश थापा मगर लगायत सामुदायिक प्रहरी सेवा उप केन्द्र बसपार्कका सचिव बासु लाल श्रेष्ठ,महिला अधिकारकर्मीहरुको सहभागीता रहेको थियो।








