• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

इच्छाकामनाका २८१ विद्यार्थीले पाए एक्सपर्टको क्याल्कुलेटर

  •   बुधबार, असोज २९, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । इच्छाकामना गाउँपालिकाबाट यस वर्षको एसइइ परीक्षा दिने तयारीमा रहेका सबै विद्यार्थीलाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले क्याल्कुलेटर दिएको छ ।

    स्थापना दिवसमा मनाइने ‘एक्सपर्ट डे’ को अवसरमा घोषणा गरिएअनुसार एक्सपर्टले उक्त गाउँपालिकाका ८ वटै माध्यमिक विद्यालयका कक्षा १० अध्ययनरत सबै विद्यार्थीलाई क्याल्कुलेटर सहयोग गरेको हो । साउन २३ गते परेको स्थापना दिवसको अवसरमा एक्सपर्टले आयोजना गरेको विशेष समारोहमा दुईवटा माध्यमिक विद्यालयलाई क्याल्कुलेटर दिइसकेको थियो । उक्त समारोहमा राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङलाई सत्ताइस थान र माध्यमिक विद्यालय रानीखोलालाई बीस थान क्याल्कुलेटर हस्तान्तरण गरिएको थियो ।

    बाँकी दुई विद्यालयमा कक्षाकोठामै पुगेर क्याल्कुलेटर हस्तान्तरण गरिएको छ भने अरू चार विद्यालयमा पुग्ने गरी गाउँपालिका कार्यालयमार्फत पठाइएको छ । मंगलबार (२८ असोज) गाउँपालिका कार्यालय कुरिनटार पुगेर एक्सपर्ट एजुकेसनका निर्देशक डिल्लीराम अधिकारीसहितको टोलीले गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङलाई काउले, माझगाउँ, ढुङ्ग्रे र गर्दास माध्यमिक विद्यालयका विद्यार्थीले पाउने गरी क्याल्कुलेटर हस्तान्तरण गरे ।

    साथै मंगलबार नै गाउँपालिका अध्यक्ष गुरुङ र उपाध्यक्ष माया सिलवालसहितको उपस्थितिमा सर्वशान्ति मावि कुरिनटार र त्रिवेणी वराह मावि मुग्लिङमा पनि क्याल्कुलेटर बाँडिएको छ । विपन्नतासँगै जुधिरहेका विद्यार्थीलाई पढाइमा सहयोग होस् भनेर सामाजिक उत्तरदायित्व बहन गरी क्याल्कुलेटर बोकी आएको एक्सपर्ट एजुकेसनका निर्देशक डिल्लीराम अधिकारीले बताए ।

    सर्वशान्तिमा एक सय चार थान, त्रिवेणीमा सैँतीस थान, जनप्रिय माध्यमिक विद्यालय काउलेमा चौबिस थान, माझगाउँ माध्यमिक विद्यालयमा नौ थान, माध्यमिक विद्यालय ढुङ्ग्रेमा तेइस थान र राष्ट्रिय माध्यमिक विद्यालय गर्दासमा सैँतीस थान क्याल्कुलेटर दिइएको एक्सपर्ट चितवन रिजनका बिजनेस डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजालले जानकारी दिए ।

    इच्छाकामनाभर कक्षा दशमा अध्ययन गर्ने कुल विद्यार्थी दुई सय एकासी जना छन् । विकट क्षेत्रमा अध्ययनरत उनीहरूमध्ये अधिकांशको आर्थिक अवस्था कमजोर छ । गाउँपालिका अध्यक्ष गुरुङले आर्थिक विपन्नताका कारण शैक्षिक सामग्रीसमेत किन्न नसक्ने विद्यार्थी पढ्ने गाउँपालिकामा सहयोग लिइ आएकोमा एक्सपर्टलाई धन्यवाद ज्ञापन गरे ।

    सर्वशान्ति माविका प्रधानाध्यापक जोन खरेलले विपन्न विद्यार्थीलाई सानो सहयोगले पनि ठूलो अर्थ राख्ने बताए । त्रिवेणी वराह माविका प्रधानाध्यापक युवराज लामाले व्यक्तिगतरूपमा सानै भए पनि ठूलो संख्यामा ठूलै सहयोग भएको बताए ।

    एक्सपर्ट एजुकेसन सन् २००३ मा स्थापना भएको हो । यसले स्थापनाको २२ वर्ष पूरा गरेको छ । हरेक वर्ष वार्षिकोत्सवको अवसर पारेर एक्सपर्टले सामाजिक सहयोग गर्दै आएको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.