चितवन । प्रहरी दिवसको ७०औं अवसरमा इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रतिक सिंह सम्मानित भएका छन्।
नेपाल प्रहरीको पेशागत मर्यादालाई आत्मसात गर्दै शान्ति–सुरक्षा स्थापना, अपराध अनुसन्धानमा दक्ष नेतृत्व, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा देखाएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कनस्वरूप सिंहलाई बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका प्रमुख डिआईजी अरुण पौडेलले ‘प्रशंसा–पत्र’ प्रदान गरेका हुन्।
इन्सपेक्टर सिंहले समुदायमैती प्रहरी सेवाको माध्यमबाट समाजमा सुरक्षाको विश्वास र जनसहभागिता बढाउने कार्यमा निरन्तर सक्रिय भूमिका निभाउँदै आएका छन्।
उनको यो सम्मान समर्पण, इमानदारी र जिम्मेवारीपूर्वक निर्वाह गरिएको प्रहरी सेवाको कदर स्वरूप प्रदान गरिएको हो।








