• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

पन्तद्वारा उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा उम्मेदवारीको घोषणा

  •   आइतबार, कार्तिक १६, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । उद्योगी, व्यवसायी, सञ्चारकर्मी, शुभेच्छुक तथा चितवन उद्योग वाणिज्य संघका सदस्यहरूलाई सम्बोधन गर्दै सिरीष पन्तले संघको आसन्न अधिवेशनका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।

    पन्तले आफ्नो उम्मेदवारी कुनै व्यक्तिगत महत्वाकांक्षा नभई चितवनका सबै व्यवसायीहरूको साझा आवाजका रूपमा रहेको स्पष्ट गर्दै भने, “म केवल पदको लागि होइन, नयाँ सोच, सशक्त युवा नेतृत्व र पारदर्शी संस्थाको निर्माणका लागि तपाईंहरूको साथ माग्दैछु।”

    उनले यसपटक सशक्त युवा व्यवसायीहरूको टोलीसहित अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। उनका अनुसार, उक्त टोलीले बजार व्यवस्थापन सुधार, डिजिटल सदस्य सेवा, व्यवसायी सुरक्षा सुनिश्चितता र स्थानीय उत्पादन प्रवर्द्धनलाई प्राथमिकतामा राख्नेछ।

    पन्तले भने, “हामी कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र सूचना प्रविधि (आईटी) जस्ता क्षेत्रमा व्यवसाय र समाज दुवैलाई सशक्त बनाउन लक्ष्य राख्छौं।”
    चितवनका विभिन्न क्षेत्रहरू— नारायणगढ, रत्ननगर, खैरहनी, राप्ती, माडी र इच्छाकामनाको उल्लेख गर्दै उनले यी सबै क्षेत्रका व्यवसायीहरूको लगानी र श्रमले चितवनको अर्थतन्त्र धानेको बताए। तर पछिल्ला वर्षहरूमा बजारहरू अव्यवस्थित र असन्तुलित बन्दै गएको बताउँदै उनले बजार सुधारका ठोस योजनाहरू प्रस्तुत गरे।
    “नारायणगढ बजार आज फोहोर, पार्किङ अभाव, ट्राफिक जाम र अस्तव्यस्त फुटपाथको प्रतीक बनेको छ,” उनले भने, “स्थायी व्यवसायीले कर तिरेर पसल चलाउँदा, फुटपाथमा अनुमति बिना व्यापार गर्ने प्रवृत्तिले असमान प्रतिस्पर्धा सिर्जना गरेको छ।

    यो समस्या केवल नारायणगढमा होइन, सम्पूर्ण चितवनका बजारहरूमा समान रूपमा देखिएको छ।”पन्तले स्थायी व्यवसायीको अधिकार सुरक्षित राख्दै फुटपाथ व्यवसायलाई व्यवस्थापन गर्ने, बजार सौन्दर्यीकरण, पार्किङ विस्तार, ट्राफिक सुधार र व्यवसायी–सुरक्षा सहकार्य प्रणाली निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए।

    त्यस्तै, उनले “Made in Chitwan” अभियानमार्फत स्थानीय उत्पादनलाई राष्ट्रिय बजारमा पु-याउने र पर्यटनसँग जोड्ने दीर्घकालीन योजना अघि सार्ने बताए। संघलाई पारदर्शी, समावेशी र नतिजामुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले हरेक निर्णय व्यवसायीमैत्री र सहभागीमूलक ढंगले गरिने आश्वासन दिए।
    युवा पुस्ताको ऊर्जासँगै अग्रजहरूको अनुभवको सम्मान गर्दै उनले भने, “अग्रजहरूको मार्गदर्शन र नयाँ पुस्ताको जोश मिलाएर मात्रै संघ सशक्त बन्न सक्छ। महिला व्यवसायी, युवा उद्यमी र सबै तहका व्यवसायीलाई नेतृत्वको अवसरका ढोका खुला गर्ने हाम्रो प्राथमिकता हुनेछ।”

    पन्तले चितवन महोत्सवको पुनर्जागरण पनि आफ्नो प्राथमिकतामा रहेको बताए। उनका अनुसार, “चितवन महोत्सव कुनै समय जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक गौरवको प्रतीक थियो, तर पछिल्ला वर्षमा पारदर्शिता र उद्देश्यको अभावले यसको विश्वसनीयता घटेको छ। अब समय आएको छ महोत्सवलाई पुनः व्यवसाय, उद्योग र स्थानीय उत्पादन प्रवर्द्धनको केन्द्रका रूपमा फर्काउने।”

    उनी भन्छन्, “हामीले धेरै सुनेका छौं— समस्या समाधान हुँदैन, कुरा मात्रै हुन्छ। अब त्यो समय बदलौं, हामी केवल सुन्न होइन, गर्न चाहन्छौं। हाम्रो उद्देश्य पद होइन, परिवर्तन हो।” चितवनका व्यवसायीहरूप्रति समर्थनको अपिल गर्दै उनले भने, “अब तपाईंको मतले परिवर्तन ल्याउने समय आएको छ। तपाईंको मतदानले युवा नेतृत्वलाई सशक्त बनाउँछ, संघलाई पारदर्शी बनाउँछ, र चितवनका सबै व्यवसायीहरूको भविष्य सुरक्षित बनाउँछ।”

    उनले भने, “अब समय आएको छ हामी सबै मिलेर निर्माण गर्ने — एक पारदर्शी, सशक्त र व्यवसायमैत्री चितवन उद्योग वाणिज्य संघ।”

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.