• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

एकीकृत समाजवादीको आरोप- ओलीले पार्टी एकता भाँड्न ‘घर फर्क’ को जाल फ्याँके

  •   आइतबार, कार्तिक १६, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टी एकता भाँड्न केपी ओलीले ‘घर फर्क’ को जाल फ्याँकेको आरोप लगाएको छ ।

    उपाध्यक्ष एवं प्रवक्ता प्रकाश ज्वालाले विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीको हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकले विभिन्न पार्टीबीचको एकताको विषयमा गरेको ऐतिहासिक निर्णयबाट अत्तालिएर केपी ओलीले ‘घर फर्क’ भन्ने भ्रम जाल फ्याकेको उल्लेख गरेका हुन् ।

    विज्ञप्तिमा एकता प्रक्रियालाई भाड्ने ओलीको यो दुष्प्रयास मात्र भएको उल्लेख गर्दै यसबाट कोही पनि भ्रमित नहुन र सिङ्गो पार्टी पङ्क्तिलाई केन्द्रीय कमिटीको निर्णयको पक्षमा दृढतापूर्वक उभिन आव्हान गरिएको छ ।

    बैठकले पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहने, रणनैतिक लक्ष्य वैज्ञानिक समाजवाद हुने, नेपाली विशेषताको समाजवादी कार्यक्रम र कार्यदिशा अँगाल्ने, संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता हुने निर्णय गरेको छ । साथै, जनवादी क्रान्तिका उपलब्धि तथा राष्ट्रिय स्वतन्त्रता संरक्षण गर्दै सुशासन, सामाजिक न्याय, आर्थिक–सामाजिक रूपान्तरण सहित समाजवादतर्फ अघि बढ्ने रणनीति तय भएको छ।

    बैठकले नेकपा माओवादी केन्द्र, विप्लव समूहबाट विद्रोह गरेर पुनर्गठन भएको नेकपा, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी लगायत समावेश हुनेछन्। पार्टीले यसलाई नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने निर्णय गरेको थियो ।

    एकीकृत समाजवादीको विज्ञप्ति:

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक पार्टी अध्यक्ष कमरेड माधव कुमार नेपालको अध्यक्षतामा यहि मिति २०८२ कार्तिक १२ देखि १४ गते सम्म काठमाडौंमा सम्पन्न भयो । बैठकले निम्न महत्वपूर्ण निर्णयहरु गरेको छ :-

    पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद लेनिनवाद हुने, रणनैतिक लक्ष्य वैज्ञानिक समाजवाद हुने, नेपाली विशेषताको समाजवादी कार्यक्रम र कार्यदिशा अँगाल्ने, सङ्गठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता हुने, जनवादी क्रान्तिका उपलब्धी तथा राष्ट्रिय स्वाधिनताको रक्षा र सुशासन एवम सामाजिक न्याय सहित आर्थिक-सामाजिक रुपान्तरण गर्दै समाजवादतर्फ अघि बढ्ने कार्यनीति लिने सहमतिका साथ हाम्रो पार्टी नेकपा (एकिकृत समाजवादी), नेकपा (माओवादी केन्द्र), विप्लब समूहबाट विद्रोह गरेर पुनर्गठन भएको नेकपा, नेपाल समाजवादी पार्टी, नेकपा ( समाजवादी), जनसमाजवादी लगायतका पार्टीसंग पार्टी एकता गर्ने निर्णय गरेको छ ।

    एकतामा धेरै भन्दा धेरै समुहलाई समेटेर लैजाने निर्णय भएको छ । त्यसैले यो एकता नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने एक कोशेढुङ्गा सावित हनेछ । हाम्रो यस ऐतिहासिक निर्णयबाट अत्तालिएर के.पी ओलीले घरफर्क’ भन्ने भ्रम जाल फ्याकेका छन् । हाम्रो विचको एकता प्रक्रियालाई भाड्ने उनको यो उनको दुष्प्रयास मात्र हो । यसबाट कोही पनि भ्रमित नहुन र सिङ्गो पार्टी पङ्क्तिलाई केन्द्रीय कमिटीको निर्णयको पक्षमा दृढतापूर्वक उभिन पार्टी हार्दिक आहान गर्दछ ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.