• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

अपि पावरको केन्द्रीय कार्यालय ‘अपि टावर’ को निर्माण सुरु

  •   आइतबार, कार्तिक २३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेपालमा नवीकरणीय ऊर्जा क्षेत्रमा विगत २२ वर्षदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएको अपि पावर कम्पनी लिमिटेडले अब आफ्नै केन्द्रीय कार्यालय भवन ‘अपि टावर’ निर्माणको प्रक्रिया सुरु गरेको छ । कम्पनीले काठमाडौं उपत्यकाको मुटुमा पर्ने नयाँबानेश्वरमा २० आना जग्गा खरिद गरी भवन निर्माणको सिलान्यास गरेको हो । अपि टावर दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कम्पनीकी अध्यक्ष सिर्जना खड्काले भवनलाई कम्पनीको ऐतिहासिक उपलब्धि भन्दै यसले अपि पावरको संस्थागत पहिचानलाई अझ मजबुत बनाउने बताइन् । वि.सं. २०५९ मा स्थापना भएको अपि पावर कम्पनी अहिले नेपालका निजी ऊर्जा उत्पादक कम्पनीहरूमध्ये अग्रपंक्तिमा रहेको छ।

    कम्पनीले हालसम्म ५६.५ मेगावाट जलविद्युत र ६ मेगावाट सौर्य विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिसकेको छ। कम्पनीले आफ्नो पहिलो ठूलो सफलता दार्चुलाको ८.५ मेगावाट नौगड गाढ जलविद्युत आयोजना केवल १७ महिनामा सम्पन्न गरेर देखाएको थियो — जसले नेपालका दुर्गम क्षेत्रहरूमा बिजुली पुर्‍याउने ऐतिहासिक काम गरेको थियो। हाल कम्पनीले दार्चुलामा ८ मेगावाटको अप्पर नौगड गाढ र ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। यसबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडेर नेपाल विद्युत प्राधिकरणलाई बिक्री हुँदै आएको छ। त्यस्तै कम्पनीले ऊर्जा मिश्रणको सरकारी नीतिअनुसार सौर्य ऊर्जा क्षेत्रमा पनि उल्लेखनीय लगानी गरेको छ।

    कम्पनीका चन्द्रनिगाहपुर (४ मे.वा.), ढल्केबर (१ मे.वा.) र सिमरा (१ मे.वा.) सौर्य आयोजना सञ्चालनमा छन् भने परवानीपुर (८ मे.वा.) सौर्य आयोजना निर्माणाधीन अवस्थामा छ। अपि पावरले जलविद्युत क्षेत्रमा लगानी विस्तार गर्दै विभिन्न कम्पनीहरूमा साझेदारी गरेको छ। कम्पनीको २५ प्रतिशत लगानी रहेको ९.७ मेगावाट माथिल्लो इङ्गवा खोला जलविद्युत आयोजना (पाँचथर) संचालनमा छ, जसको शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत छ । त्यसैगरी कम्पनीले ५९.६७ प्रतिशत शेयर खरिद गरी नियन्त्रणमा लिएको सूर्यकुण्ड हाईड्रोइलेक्ट्रिक लिमिटेड बाट नुवाकोटको ११ मेगावाट माथिल्लो तादी खोला आयोजना सफलतापूर्वक सञ्चालनमा ल्याएको छ, र अब यस कम्पनीको शेयर पनि सर्वसाधारणका लागि सार्वजनिक निष्कासनको अन्तिम तयारीमा छ।

    अपि पावरले दार्चुला पावर लिमिटेडको बहुमत शेयर खरिद गरी २८.३०४ मेगावाटको मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ, जुन २० महिनाभित्र सम्पन्न हुने लक्ष्य छ। त्यसका अतिरिक्त कम्पनीले नुवाकोटको त्रिशुली गल्छी (३० मे.वा.) र दार्चुलाको न्वागाढ (९.७ मे.वा.) जलविद्युत आयोजनाको सर्वेक्षण गरिरहेको छ। कम्पनीले आफ्नो २१औं वार्षिक साधारण सभाको निर्णयअनुसार नयाँबानेश्वरमा अपि टावर निर्माण गर्ने निर्णय गरेको हो। भवनमा अपि पावर कम्पनी र यसको सहायक कम्पनीहरूका कार्यालय रहनेछन् । कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले भने- ‘अपि टावर केवल भवन होइन, यो हाम्रो लगानीकर्ताहरूको साझा सम्पत्ति हो — जसले कम्पनीमा पारदर्शिता, स्थायित्व र विश्वासको नयाँ अध्याय सुरु गर्नेछ ।’

    उनका अनुसार यो भवन आफ्नै लगानीमा बन्ने निजी ऊर्जा उत्पादक कम्पनीहरूमध्ये दुर्लभ उदाहरण हो । कम्पनीका अधिकारीहरूका अनुसार अपि पावरले आगामी वर्षहरूमा जलविद्युत र सौर्य दुवै क्षेत्रमा आफ्नो लगानी विस्तार गर्ने योजना बनाएको छ। अध्यक्ष सिर्जना खड्का भन्छिन्- ‘हाम्रो लक्ष्य केवल विद्युत उत्पादनमा सीमित छैन, हामी दीगो ऊर्जा प्रवर्द्धन, लगानीकर्ताको हित सुरक्षा र देशको ऊर्जा आत्मनिर्भरता सुनिश्चित गर्न प्रतिबद्ध छौं ।’ लगानीकर्ता समुदायका प्रतिनिधिहरूले पनि अपि पावरको निरन्तर विस्तार र पारदर्शी वित्तीय अभ्यासले बजारमा कम्पनीप्रति विश्वास बढाएको बताएका छन्।

    चितवनमा उद्योग दर्ता र नवीकरण अब अनलाइनबाटै
    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक १ अर्ब ९१ करोड घाटा
    कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.