• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नेपाली हिज्जे प्रतियोगितामा भानु मेमोरियल पहिलो

  •   शनिबार, कार्तिक २९, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । विज्ञहरूबाट उच्चारित शब्द कानमा ठोक्किन नपाउँदै प्रतिस्पर्धी विद्यार्थी त्यसको वर्णविन्यासअनुसार हिज्जे उच्चारण गरिहाल्थे । अर्को पटक फेरि नयाँ शब्द सोधिन्थ्यो, प्रतिस्पर्धी विद्यार्थीले त्यसको पर्यायवाची, विपरीतार्थी आदि शब्द फटाफट भनिहाल्थे । घरिघरि विद्यार्थी अलमलिन्थे र अर्को समूहलाई पास गरिदिन्थे । कतिबेला सबै समूहले सही उत्तर दिन्थे त कतिबेला कुनै समूहले पनि उत्तर मिलाउन सक्दैनथे ।

    रेखाङ्कन गरिएका वाक्यभित्रका शब्दको शब्दवर्ग छुट्याउन लगाइँदा केही समय गमेर उत्तर दिन्थे विद्यार्थीहरु । चितवनको भरतपुरस्थित अङ्कुरम् एकेडेमीद्वारा पहिलोपटक आयोजना गरिएको जिल्लास्तरीय नेपाली हिल्जे प्रतियोगितामा उपस्थित अन्य शिक्षक प्रतिनिधि र आमन्त्रितहरू निकै शान्तपूर्वक बसेर विद्यार्थीको उत्तर दिने शैली हेरिरहेका हुन्थे ।

    २९ वटा संस्थागत विद्यालयको सहभागिता रहेको प्रतियोगिताको हरेक विद्यालयबाट तीन जना विद्यार्थीको एउटा समूह रहेको थियो । अत्यन्तै कडा स्पर्धाबीच सम्पन्न प्रतियोगितामा रत्ननगरस्थित भानु मेमोरियल इङ्ग्सि बोर्डिङ स्कुलले पहिलो स्थान हासिल गरेको छ । पहिलो हुने समूहबाट सनम थापा, शुबश्री बराल र रचना खड्काले स्पर्धा गरेका थिए । पहिलो हुने विद्यालयले १० हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको छ ।

    त्यस्तै गोल्डेन फ्युचर इङ्ग्लिस स्कुलले दोस्रो हुँदै नगद पुरस्कार सात हजार र प्रमाणपत्र प्राप्त गरेको छ । यो समूहबाट आरती अधिकारी, शिवानी गुरुङ र सनम लामिछानेले प्रतिस्पर्धा गरेका थिए । त्यसैगरी, आयोजक अङ्कुरम् एकेडेमीका पल्लव अधिकारी, विनिशा घिमिरे र आराध्या बानियाँको समूहले तृतीय स्थान हासिल गरेको छ । तेस्रो हुने समूहले नगद पुरस्कार पाँच हजार र प्रमाण पत्र पाएको छ ।

    प्रतियोगितामा वाल्मीकि शिक्षा सदनले नगद पुरस्कार तीन हजारसहित सान्त्वना स्थान सुरक्षित गरेको थियो । वाल्मीकिबाट ममता सापकोटा, अनामिका खत्री र सम्मान त्रिपाठीले स्पर्धा गरेका थिए । २९ वटै विद्यालयबाट कक्षा ७ देखि १० सम्मका विद्यार्थीले स्पर्धा गरेका थिए ।

    नेपाली भाषालाई केन्द्रमा राखेर आयोजना गरिएको यस कार्यक्रमले निजी विद्यालयहरू नेपाली विषयमा कमजोर भएको बजार हल्ला निराधार भएको बताइएको थियो । भाषाको श्रृवृद्धिका लागि यस्ताखाले कार्यक्रम निरन्तर आयोजना हुनुपर्नेमा जोड दिइएको थियो ।

    विद्यालयका आवासीय निर्देशक र्नइम चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संयोजन नेपाली विभाग प्रमुख पदमप्रसाद भुर्तेलले गरेका थिए । कार्यक्रममा पोखरा फिस्टेल एकेडेमीका नेपाली शिक्षक एवं कवि प्रेमनारायण ढकाल मुख्य निर्णायक रहेको प्रतियोगितामा ग्लोरियस एकेडेमीका भरतबाबु ढकाल र आदर्श पब्लिक स्कुलका अमृत ढकाल निर्णायक रहेका थिए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.