• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

पुस २५ देखि गैँडाकोट महोत्सव -उद्योग, पर्यटन र संस्कृतिको एकै स्थानमा भव्य प्रदर्शन

  •   बुधबार, मङि्सर १०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैँडाकोट ।  पुस २५ गतेदेखि चौथो गैँडाकोट महोत्सव सुरु हुने भएको छ। उद्योग वाणिज्य संघ गैँडाकोटले आज पत्रकार सम्मेलन गरी नारायणी नदी किनारमा आयोजना हुन लागेको महोत्सवको विस्तृत योजना सार्वजनिक गरेको हो। संघका अनुसार महोत्सवले स्थानीय उद्योग, व्यापार, कृषि, पर्यटन र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। कार्यक्रमबारे जानकारी दिँदै आयोजकले करिब २५० स्टल, २ लाखभन्दा बढी दर्शक तथा २५ करोड रुपैयाँभन्दा बढी आर्थिक कारोबार हुने अनुमान गरिएको बताए। देशभरका उद्योगी–व्यवसायीसँगै भारत, पाकिस्तान र बंगलादेशका प्रदर्शकहरूको समेत सहभागिता रहनेछ।

    महोत्सवलाई चार मुख्य क्षेत्र—प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगितिक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र—मा विभाजन गरिएको छ। अटोमोबाइल, बैंक तथा वित्तीय संस्था, इलेक्ट्रोनिक्स, कृषि–जडिबुटी, हस्तकला, तयारी पोशाकदेखि दैनिक उपभोग्य सामानसम्मका विविध स्टलहरू महोत्सवमा रहनेछन्। सांस्कृतिक कार्यक्रमअन्तर्गत राष्ट्रिय तथा स्थानीय कलाकार, फेशन शो, विद्यालय र सांस्कृतिक समूहका प्रस्तुति रहनेछन्। बाल उद्यान क्षेत्रमा मनोरञ्जनात्मक खेल सामग्री, जलपरी तथा माछाका एक्वेरियम जडान गरिनेछ। सुरक्षा र व्यवस्थापनलाई ध्यान दिँदै महोत्सव स्थलमा सिसिटिभी निगरानी, एम्बुलेन्स, प्राथमिक उपचार, मिडिया सेन्टर, पार्किङ तथा स्वच्छता व्यवस्थापन रहने आयोजकले जनाएको छ।संघले महोत्सवले स्थानीय उत्पादन र पर्यटन क्षेत्रलाई थप उजागर गर्दै अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै सबै पक्षको सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।

    पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले गैँडाकोटलाई द्रुत गतिमा अघि बढिरहेको उद्यमशीलताको केन्द्रका रूपमा वर्णन गर्दै भन्नुभयो , “गैँडाकोट उद्योग, व्यापार र पर्यटनको प्राकृतिक केन्द्रका रूपमा अगाडि बढिरहेको छ। यस्ता महोत्सवले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोडेर उद्यमशीलतामा नयाँ ऊर्जा थप्छ। महोत्सवले गण्डकी प्रदेश मात्र होइन, देशकै आर्थिक तथा व्यापारिक गतिविधि गतिशील बनाउन मद्दत गर्नेछ।” त्यसैगरी उद्योग वाणिज्य संघ गैँडाकोटका अध्यक्ष दिपक सापकोटाले महोत्सवले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै भन्नुभयो ,“स्थानीय उद्यमी, किसान र उत्पादकका लागि यो उत्कृष्ट बजार प्लेटफर्म हो। महोत्सवमार्फत बजार विस्तार, नयाँ साझेदारी र प्रविधिको आदान–प्रदान हुने भएकाले यसको प्रत्यक्ष लाभ स्थानीय समुदायले पाउनेछ।

    महोत्सव आर्थिक, सामाजिक र सांस्कृतिक सबलीकरणको महत्वपूर्ण अवसर पनि हो।” कार्यक्रम संयोजक छबिलाल कडेलले महोत्सवको तयारीबारे जानकारी दिँदै सबै पक्षको सहभागितामहत्वपूर्ण हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “गैँडाकोट महोत्सव सबैका लागि हो-पर्यटक, व्यापारी, कलाकार, बालबालिका, परिवार सबैले एकै ठाउँमा विविध अनुभव पाउनेछन्। सुरक्षा, सरसफाइ, पार्किङ, स्वास्थ्य सेवा तथा मिडिया सुविधासहित सबै संरचना व्यवस्थित रूपमा तयार गरिँदैछ। सफलता सबैको सहभागितामा निर्भर छ, त्यसैले सबैलाई सक्रिय साथ र समर्थनको अपेक्षा छ।”

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.