• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

निशर्त एकता नगरे सहर्ष बिदाई नै ईश्वर पोखरेलको निमित्त सही बिकल्प हो – महेश बस्नेत

  •   शुक्रबार, मङि्सर १२, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेकपा एमालेको महाधिवेशन नजिकिदै गर्दा नेतृत्वको लाइ उम्मेदवार र पार्टी एकताको बहस चर्किएको छ ।

    वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेपछि एमालेमा एक किसिमको तरंग आएको छ । मङ्सिर २७ देखि २९ सम्म काठमाडौँमा हुने महाधिवेशनका लागि एमाले अहिले देशभर प्रतिनिधि छनौटको चरणमा रहेको छ ।

    यसैबीच एमाले नेता महेश बस्नेतले पोखरेलको उम्मेदवारी घोषणाले पार्टी भित्र अनावश्यक तरंग सिर्जना गरेको र द्वन्दको वातावरण बनेको टिप्पणी गरेका छन् ।

    बस्नेतले आजको प्रश्न कसले नेतृत्व दाबि गर्छ भन्ने भन्दा पनि कसले पार्टी बचाउन सक्छ भन्ने रहेको उल्लेख गर्दै अहिलेको अवस्थामा ओलीले नै पार्टीको दृढ नेतृत्व गर्न सक्ने दाबी गरेका छन् ।

    नेता बस्नेतले ईश्वर पोखरेल जस्ता नेता एमालेको सम्पत्ति भएको तर संबेदनशील घडीमा नेतृत्व बदल्ने बाटोमा लागेको आरोप लगाएका छन् । उनले पार्टीमा योगदान गर्न सकिन्छ भने निसर्त एकता गर्नुपर्ने भन्दै सकिँदैन भने सहर्ष विदाई नै इश्वर पोख्रेलको निमित्त सही बिकल्प भएको कडा टिप्पणी गरेका छन् ।

    उनले भनेका छन्:

    एमाले अहिले आन्तरिक र बाह्य दुवै मोर्चाबाट कठोर दबाब झेलिरहेको संवेदनशील घडीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा जारी गरिएको विज्ञप्तिले पार्टी भित्र अनावश्यक तरंग, प्रतिस्पर्धा र द्वन्द्वको वातावरण सिर्जना गरेको छ। पार्टी चुनावतिर अघि बढ्दैछ, राष्ट्रिय राजनीति निर्णायक मोडमा छ, विदेशी–स्वदेशी शक्तिहरू एमाले र अध्यक्ष ओलीमाथि निरन्तर प्रहार गरिरहेका छन्। यस्तो अवस्थामा प्रतिस्पर्धा होइन, नेतृत्वको स्थिरता पार्टीलाई मजबुत बनाउने बाटो हो? अनेक प्रपोगाण्डा गरेर कमजोर बनाउने अर्को चक्र नबनोस ?

    आजको प्रश्न “कसले नेतृत्व दाबि गर्छ?” होइन—“कसले पार्टी बचाउन सक्छ?” हो। वर्तमान राष्ट्रिय परिस्थिति, भू–राजनीतिक उतारचढाव र एमाले माथिको योजनाबद्ध प्रहारले स्पष्ट देखाइदिएको छ। पार्टीलाई अहिले मजबुत संगठन, सही कार्य दिशा र जुझारु सशक्त क्रान्तिकारी पंक्ति चाहिन्छ, जुन के पी ओलीकै दृढ नेतृत्वमा सम्भव छ।

    एमालेभित्र बाहिरी आक्रमण रोक्न चाहिने कुरा प्रतिस्पर्धा एकता, अनुशासन र संगठनको दृढता बाट मात्र संभब हुन्छ। पोखरेलजस्ता नेता एमालेका सम्पत्ति हुन्, तर संवेदनशील घडीमा नेतृत्व बदल्ने होइन, नेतृत्वलाई कसिलो बनाउने समय हो। पार्टी, देश र कार्यकर्ताको चाहना स्पष्ट छ—स्थिर एमाले, एकजुट एमाले, ओली नेतृत्वमा संगठित एमाले।

    यदि योगदान गर्न सकिन्छ भने निसर्त एकता । यदि सकिँदैन भने सहर्ष विदाई। नै इश्वर पोख्रेलको निमित्त सही बिकल्प हो । किनकि व्यक्तिगत आकांक्षा कहिल्यै पार्टीभन्दा ठूलो हुन सक्दैन, र पार्टी कहिल्यै देशभन्दा ठूलो हुन सक्दैन । राष्ट्रिय शक्ति निर्माणको आधार ओली नेतृत्वमा एकजुट एमाले हो । पार्टी बलियोहोस्, देश बलियोहोस् — यही कार्यकर्ताको चाहना, यही समयको माग हो । अध्यक्ष के पी शर्मा ओलीमा समाहित हुँदै उहाँकै पहल र ब्यबस्थापनमा देश कम्युनिष्ट आन्दोलन र नेकपा एमाले बलियो बनाउन सकिन्छ्।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.