• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

महिनावारी स्वाभाविक प्रक्रिया हो, कुनै पनि बहानामा विभेद स्वीकार्य हुदैन- प्रधानमन्त्री कार्की

  •   सोमबार, मङि्सर २२, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले सातौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसका अवसरमा सबै महिला तथा किशोरीका साथै यस क्षेत्रमा क्रियाशील अधिकारकर्मी, स्वास्थ्यकर्मी, समुदायका प्रतिनिधि तथा सरोकारवालालाई शुभकामना व्यक्त गरेकी छन् ।

    प्रधानमन्त्री कार्कीले महिनावारी एक स्वाभाविक, जैविक र सम्मानित प्रक्रिया भएको भन्दै दुर्भाग्यवश आज पनि कतिपय समाजमा मौनता, लज्जा र विभेदको माध्यम बनाइएको उल्लेख गरेकी छन् ।

    उनले भनेकी छन्- ‘अहिले विश्वभर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । यस अभियानले पनि स्मरण गराउँछ कि महिनावारी विभेद एक किसिमको लैंगिक हिंसा नै हो।कतै देखिने र कतै नदेखिने गरी विश्वका धेरै ठाउँमा कुनै न कुनै रूपले यो विभेद विद्यमान छ । कुनै पनि प्रकारको विभेदपूर्ण एवं हानिकारक प्रथा, विश्वास वा परम्परा कुनै पनि बहानामा स्वीकार्य हुन सक्दैन। नेपाल सरकारले महिनावारीलाई मर्यादा, सम्मान, समानता र अधिकारको विषयका रूपमा स्थापित गर्न प्रतिबद्धता व्यक्त गर्दै त्यसअनुरूपका कानुन, नीति र कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।’

    प्रधानमन्त्री कार्कीले यसै सन्दर्भमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मर्यादित महिनावारी निर्देशिका तयारीको अन्तिम चरणमा पुऱ्याएको छ, जसले विद्यालय, परिवार, समुदाय, कार्यस्थल र सार्वजनिक स्थलमा सम्मानजनक र सुरक्षित वातावरण सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएकी छन् ।

    उनले राष्ट्रिय सभाले सर्वसम्मत रूपमा पारित गरेको मर्यादित महिनावारीसम्बन्धी संकल्प प्रस्ताव नेपालको नीति-दिशालाई स्पष्ट रूपमा अगाडि बढाएको ऐतिहासिक कदम भएको उल्लेख गर्दै सरकारले यस संकल्प प्रस्तावको भावना र मानव अधिकारका विश्वव्यापी मान्यताअनुसार कानुनी, नीतिगत, संरचनागत र व्यवहारगत सुधारहरूलाई तीव्र गतिमा अघि बढाउने बताएकी छन् ।

    उनले नागरिक समाजसँगै अब राजनीतिक संगठनहरुले पनि यसलाई आफ्नो मुद्दा बनाउनुपर्छ र प्रत्येक आमा, छोरी, दिदी र बहिनी आत्मसम्मान एवं मर्यादायुक्त व्यवहारका लागि लायक छन् भन्ने मान्यता स्थापित गर्नुपर्ने बताउदै महिनावारीलाई सम्मान, स्वास्थ्य, समानता र अधिकारको विषय बनाउनुपर्ने उल्लेख गरेकी छन् ।

    उनले महिनावारीका कारण अपमानित, बहिष्कृत वा हिंसामा पर्नुपर्ने अवस्था अन्त्य गर्न यस दिवसले भूमिका खेल्न सकोस् भन्ने कामना गरेकी छन् ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.