• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • ९. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

एमाले महाधिवेशन: आजदेखि भृकुटीमण्डपमा बन्दसत्र

  •   आइतबार, मङि्सर २८, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौ । नेकपा एमालेको ११औँ महाधिवेशनको दोस्रो दिन आजदेखि बन्दसत्र शुरु हुने भएको छ ।

    काठमाडौँको भृकुटीमण्डपमा एमालेको बन्दसत्र संचालन हुने कार्यक्रम रहेको छ । बन्दसत्रमा देशभरबाट चुनिएर आएका महाधिवेशन प्रतिनिधिहरुले मात्र भाग लिने छन् । एमालेको यस महाधिवेशनमा कुल २ हजार २६८ प्रतिनिधि सहभागी रहेका छन्, जसमा १०८ प्रतिनिधि मनोनित सचिवालयले मनोनित गरेको छ ।

    बन्दसत्र संचालनक लागि सबै पदाधिकारीको अध्यक्ष मण्डल गठन गरिएको छ । त्यस्तै बन्दसत्रबाट पारित गर्ने प्रस्तावको संयोजन गर्न उपमहासचिव प्रदिव ज्ञवालीको संयोजकत्वमा कमिटी बनाइएको छ भने बन्दसत्रको माइन्यूटिङ गर्नका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा कमिटी गठन गरिएको छ ।

    नेतृत्व चयनमा प्रतिष्पर्धा:

    सोमबारसम्म संचालन हुने यस महाधिवेशनले १५ पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटीको चयन गर्ने छ ।

    एमालेको विधानले एक अध्यक्ष, ३ उपध्याक्ष एक महासचिव ३ उपमहासचित र ७ सचिवको व्यवस्था गरेको छ। नेतृत्व चयनमा अध्यक्षमा केपी शर्मा ओलीले एक पटक अझै अध्यक्ष बन्ने इच्छा देखाएका छन् । ओलीले अध्यक्षमा पुन: दाबी गरेपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई चुनौती दिने घोषणा गरिसकेका छन् । पोखरेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन रहेको बताइएको छ भने उनलाई उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली तथा सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्टसहित ६ जनाको समर्थन रहेको छ । १९ सदस्यीय एमालेको पदाधिकारीमा हाल टोपबहादुर रायमाझी निलम्बित रहेकाले १८ जना रहेका छन् । त्यस्तै ओलीको पक्षमा हालका १२ पदाधिकारी रहेका छन् ।

    त्यस्तै एमालेमा संगठनको हिसाबले सबैभन्दा बलियो पद महासचिवलाई मानिन्छ । हाल शंकर पोखरेल महासचिव रहेका छन् । पोखरेल महासचिवमा दोहोरिन चाहेपनि उनलाई ओली पक्षकै नेताहरु प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङले चुनौती दिइरहेको बुझिएको छ । ओली निकट नेताहरुका अनुसार यस पटक प्रदीप ज्ञवालीले महासचिवमा आफ्नो दाबि पेश गरेका छन् र उनले उपाध्यक्ष या उपमहासचिवमा नबस्ने सन्देश अध्यक्ष ओलीलाई स्पष्ट रुपमा दिएका छन् ।

    त्यस्तै ईश्वर पोखरेल पक्षबाट महासचिवमा गोकर्ण विष्ट र योगेश भट्टराईले आफ्नो दाबि पेश गरेका छन् । तर ईश्वर पक्षले ओली पक्षको उम्मेदवार स्पष्ट भएपछि मात्र आफ्नो उम्मेदवार बाहिर ल्याउने रणनीति बनाएको बुझिएको छ । ईश्वर निकट नेताहरुले सुरेन्द्र पाण्डे महासचिवको उम्मेदवार बन्ने सम्भावन बढी रहेको बताएका छन् । त्यस्तै यस पटक एमालेमा सचिव पदमा प्रतिष्पर्धा हुने देखिएको छ । ७ सचिवमा चार दर्जनभन्दा बढीको दाबेदारी रहेको छ । अहिले एमालेमा लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छबिलाल विश्वकर्मा, रघुवीर महासेठ र पदमा कुमारी अर्याल सचिव रहेका छन् ।

    सचिव रहेका टोपबहादुर रायमाझी निलम्बित रहेका छन् । सचिव पदमा दाबि गर्ने प्रमुख नेताहरुमा महेश बस्नेत, गोकुल बास्कोटा, पदम गिरी, सुर्य थापा, खिमलाल भट्टराई, रामकुमारी झाँक्री, ठाकुर गैरे, माधव ढुंगेल, विशाल भट्टराई, राजन भट्टराई, भानुभक्त ढकाल, अग्नि खरेल, कर्ण थापा, शेरधन राई लगायत रहेका छन् । त्यसैगरी हाल सचिव रहेका रघुवीर महासेठ, पदमा अर्याल लगात उपमहासचिवमा बढुवाको इच्छा देखाएको बुझिएको छ ।

    अहिलेसम्म सहमतिको सम्भावना नरहेकोले पदाधिकारीका सबै पदमा निर्वाचन हुने निश्चित देखिएको छ । सबै पदमा विधुतीय मतदान गर्न महाधिवेशनको निर्वाचन समितिले यस अघि नै तयारी पुरा गरिसकेको बताएको छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.