काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले शपथ लिएका छन् । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले नवनिर्वाचित अध्यक्ष ओलीलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन्।
बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई भने अध्यक्ष ओलीले सपथ खुवाएका छन् । बिहिबार सम्पन्न मतगणनामा एमालेका १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य र आयोगका ४१ सदस्य निर्वाचित भएका छन् ।









