काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुन प्रतितोलामा १ हजार ६ सय रुपैयाँले बढेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९२ हजार १ सय ५० रुपैयाँ छ । आज चाँदीको मूल्य पनि बढेको छ । बिहिबार चाँदी प्रतितोलामा २० रुपैयाँले बढेर एक हजार २ सय ५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








