• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • ९. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

पन्त प्यानलद्वारा उम्मेद्वारी घोषणा :पार्किङ व्यवस्थापनदेखि डिजीटल एप सम्मका प्रतिबद्धता

  •   शनिबार, पुष १२, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन उद्योग वाणिज्य संघको ५९ औं बार्षिक साधारण सभा तथा अधिवेशन नजिकिएसंँगै शिरिष पन्त समुहले उम्मेद्वारी घोषणा गरेको छ । शनिबार चितवन उवासंघ परिषरमा आयोजित पत्रकार सम्मेलनमा पन्त समुहले उम्मेदवारी घोषणा गरेका हुन । पन्त समुहको अध्यक्ष पदमा शिरिष पन्तले उम्मेद्वारी दिएका छन । यस्तै वरिष्ठ उपाध्यक्षमा पदमा लोक बहादुर रानाभाट , उपाध्यक्षमा त्रय जनक पौडेल, शंकर घिमिरे र गुणराज पौडेल रहेका छन । अन्य कार्यसमिति सदस्यमा क्रमश उम्मेदवारी घोषणा हुने पन्त समुहको भनाई छ ।

    सो अवसरमा बोल्दै उम्मेद्वार पन्तले व्यवसायीका समस्या समाधान हक हितका लागि आफूले अध्यक्ष पदमा उम्मेद्वारी दिएको बताए । उवासंघका विद्यमान समस्या समाधान गर्न आफ्नो टिम सक्षम र योग्य रहेको समेत उनले बताए ।
    उनले अव्यस्थित पार्किङ व्यवस्थापनदेखि सूचना प्रविधिमैत्री सचिवालय बनाउने समेतका प्रतिबद्धता व्यक्त गरे ।

    यस्ता छन् पन्त प्यानलका प्रतिबद्धता
    १. भरतपुर तथा नारायणगढ बजारलाई थप व्यवस्थित गर्नका लागि पार्किङ्ग र फुटपाथ व्यवसायीहरुको उचित व्यवस्थापन गर्न ठोस प्रस्तावसहित सम्बन्धित निकायमा पहल गरिने । (सर्भिस लेनको दुवै पट्टिको ढलको ढकन माथि दुइ पाङ्ग्रे सवारी साधनको पार्किङ्ग व्यवस्थापनमा पहल गरिने )
    २ . पुलचोक देखि पोखरा बसपार्क सम्मको सडकलाई व्यवस्थित गर्नका लागि मेनरोड क्षेत्र भित्र यात्रुबहाक सवारी साधन मात्रै सञ्चालन गर्ने व्यवस्था मिलाउन पहल गरिने ।
    ३. पोके, ठेला तथा हाटबजारलाई व्यवस्थित गर्न पहल गरिने ।
    ४. व्यवसाय कर, घरबहाल कर तथा विज्ञापन करको समस्यालाई नीतिगत रूपमा समाधान गर्न पहल गरिने ।
    ५. वैज्ञानिक घर भाडा प्रणाली लागु गराउन सम्बन्धित निकायमा पहल गरिने ।
    ६. चितवनका होटल तथा रेष्टुरेन्टहरुलाई २४ सैं घण्टा सञ्चालन गर्न दिन आवश्यक पहल गरिने ।
    ७ .स्थानीय व्यवसायीले सामान लोड, अनलोड गर्दा हुँदै आएको असुविधाको लागि सम्बन्धित निकायसँग सहजताका लागि पहल गरिने ।
    ८. नारायणी नदी किनारमा रहेका अस्तव्यस्त ठेलाहरूलाई व्यवस्थित गर्न स्थानीय निकायसँग समन्वय गरिने ।
    ९ .प्रर्दशनी तथा महोत्सवलाई सुव्यवस्थित बनाउन उद्योग संघ तथा विभिन्न निकायसँग समन्वय गरिने ।
    १० . अव्यवस्थित रुपमा संचालन हुने मेला महोत्सव न्युनिकरण गर्न पहल गरिने ।
    ११ . जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य पर्यटन तथा आइटी ( सूचना प्रविधि) क्षेत्रको विकास, प्रर्वद्धन र प्रचारप्रसारका लागि सरोकारवालासँग आवश्यक समन्वय गरिने ।
    १२ . संघको वेवसाईट सूचना प्रणाली, फेसबुक पेज लगायतलाई नियमित अद्यावधिक गरिने ।
    १३ . चितवन उद्योग वाणिज्य संघकोे नयाँ सदस्यता प्रदान गर्न तथा नविकरणका लागि डिजिटल एपमार्फत गर्ने व्यवस्था मिलाइने ।
    १४ .क्याम्पाचौरलाई मिनी स्टेडियमको रुपमा विकास गर्न आवश्यक पहल कदमी लिइने ।
    १५.चितवन महोत्सवको गरिमा बढाउनका लागि बिक्री वितरणको स्टल भन्दा प्रर्दशनी स्टलहरुलाई प्रोत्साहन गरिने ।
    १६ .चितवन महोत्सवको स्टल बुकिङ्गमा स्थानीय उद्योगी तथा व्यवसायीलाई प्राथमिकता दिईने ।
    १७. चितवन महोत्सवका स्टलहरु व्यवस्थित गर्नका लागि अनलाईन बुकिङ प्रणाली लागु गरिने ।
    १८ . चितवन महोत्सवको हिसाबकिताब ३५ दिनभित्र सार्वजनिक गरिने ।
    १९ .विधान शंशोधन गरी कार्यसमिति सदस्यको २५ बर्षे उमेर हदबन्दी खारेज गरिने ।
    २० .विधान शंशोधन गरी चितवन उद्योग वाणिज्य संघको कार्यक्षेत्रमा आईटी ( सूचना प्रविधि) लाई समावेश गरी एकजना आईटी बिशेषज्ञलाई विशिष्ट सदस्यमा मनोनितको व्यवस्था गर्ने ।
    २१. महिला व्यवसायीहरुको क्षमता तथा नेतृत्व विकासका लागि विधान शंसोधन गरि महिला उपाध्यक्ष पदको व्यवस्था गरि संघलाई समावेशी बनाउने । साथै महिला व्यवसायीहरुको प्रतिनिधित्वलाई अभिप्रेरित गर्दै उद्योग तथा वाणिज्य क्षेत्रबाट थप एक– एक सदस्य अनिवार्य गरिने ।
    २२.व्यवसायी सदस्यताको शुल्कमा लिइने जरीवानालाई खारेज गरिने ।
    २३ . निष्कृय रहेका व्यवसायी सदस्यहरुलाई शुल्क छुटको व्यवस्था गरी संघमा पुनः आवद्ध गराउन पहल गरिने ।
    २४. संघले संचालन गरेको अतिथि गृह बन्द गरी वस्तुगत संघलाई कार्यालय संचालन गर्न दिईने ।
    २५ .नियमित पेशा व्यवसाय सञ्चालन नगर्ने तथा सरकारी निकायमा तिर्नुपर्ने दायित्व नतिरेका व्यवसायीको सदस्यता छानविन गरेर हटाई संघलाई व्यवसायीहरुको मात्रै विशुद्ध संगठन बनाउने ।
    २६. व्यवसायीहरुलाई सक्षम बनाउनको लागि वहांँहरुको आवश्यकता अनुसार विभिन्न तालिम, सेमिनार तथा गोष्ठी संचालन गर्ने ।
    २७ . जिल्लाका स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नका लागि ‘मेड इन चितवन’ को अवधारणा बनाई प्रचारप्रसार गरिने ।
    २८ . नीतिगत रुपमा पहल गर्नुपर्ने विविध व्यवसायिक विषयमा स्थानीय , प्रदेश तथा केन्द्रीय सरकारसंँग बहस पैरवी गर्ने ।
    २९ नारायणगढका भित्री बजारहरुमा व्यवसायीहरुको सल्लाह सुझावको आधारमा यातायातमा ‘वनवे’ प्रणाली लागु गराउन पहल गरिने ।
    ३० . व्यवसायमैत्री नीति निर्माणका लागि विभिन्न जिल्ला, नगर उद्योग वाणिज्य संघ तथा महासंघ समक्ष समन्वय गरिने ।
    साथै उनको समुहले सार्वजनिक गरेका योजनाहरु पर्याप्त हुन नसक्ने भन्दै आफ्नो समुह निर्वाचित भए सरोकारवालाहरुसँग आवश्यक छलफल गरी राय र सुझाव लिएर कार्ययोजनालाई अझ व्यापक बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.