• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

पौष २५ देखि टिकौली चौरमा रत्ननगर महोत्सव, मह उत्पादन र रोजगारी प्राथमिकतामा

  •   सोमबार, पुष १४, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । आगामी पौष २५ गतेदेखि टिकौली चौरमा सुरु हुने रत्ननगर महोत्सवको १३औँ संस्करण यसपटक विशेष गरी मह उत्पादन, बजारीकरण र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर आयोजना हुँदैछ । महोत्सवको मुख्य आकर्षणका रूपमा जनकपुरस्थित रामजानकी मन्दिरको आकृतिमा निर्माण गरिने भव्य गेट रहनेछ । ‘रत्ननगर महोत्सव हाम्रो पहिचान, कृषि र पर्यटन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पौष २५ देखि माघ ६ गतेसम्म टिकौली चौरमा महोत्सव हुन लागेको हो ।

    रत्ननगर नगरपालिकाको संरक्षकत्वमा आयोजना हुने महोत्सवले कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई प्राथमिकतामा राख्दै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने लक्ष्य लिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसपटक महोत्सवभित्रै दोस्रो चितवन मह उत्सव पनि आयोजना गरिने संघका अध्यक्ष शंकर गिरीले बताए । मह उत्पादन, गुणस्तर अभिवृद्धि र बजारीकरण प्रवर्द्धनका लागि छुट्टै परिसर निर्माण गरिने उनले जानकारी दिए । यसले मौरीपालन तथा महजन्य उद्योगलाई थप प्रोत्साहन गर्ने विश्वास लिइएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष गिरीले टिकौली चौरलाई स्थायी प्रदर्शनी मैदानका रूपमा विकास गर्न सरकारसँग माग समेत गरेका छन् ।

    कानुनी झन्झटबिनै मेला–महोत्सव सञ्चालन गर्न सकिने गरी टिकौली चौरलाई व्यवस्थित प्रदर्शनी स्थल बनाइनुपर्ने उनको भनाइ छ । महोत्सवअन्तर्गत युवालाई लक्षित गर्दै रोजगार मेला २०८२ पनि सञ्चालन गरिनेछ, जसले रोजगार खोज्ने युवा र रोजगारदाताबीच सेतुको काम गर्ने संघले जनाएको छ । विगत दुई दशकदेखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको यो महोत्सवको १३औँ संस्करणमा चार लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र २५ करोड रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान गरिएको संघका वरिष्ठ उपाध्यक्ष निराजन खनालले बताए । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी करिब ४५० स्टलहरू रहनेछन् ।

    उद्योग, व्यापार, कृषि उत्पादन, स्थानीय कला–संस्कृति र पर्यटकीय सामग्रीको प्रदर्शनीसँगै महोत्सवको प्रवेशद्वारमा पहिलोपटक रामजानकी मन्दिरको आकृतिमा भव्य गेट निर्माण गरिनेछ । साथै थारू, मगर, गुरुङ, दराई, माझी, तामाङ र कुमाल समुदायका परम्परागत सांस्कृतिक घरहरू निर्माण गरिनेछन् । ‘बिर्सनु हुँदैन बाजेबजैको स्वाद, जोगाऔँ रैथाने संस्कृति र परम्परागत याद’ भन्ने नारासहित रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा विशेष जोड दिइनेछ । बालबालिकाका लागि फनपार्क, विभिन्न जातीय खाना र परिकार समेटिएको ‘छैटौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव’ पौष २९ देखि माघ ४ गतेसम्म सौराहा चोक बसपार्कमा आयोजना हुने संघका पूर्वअध्यक्ष तथा खाना महोत्सव संयोजक ज्ञानबहादुर विसुरालले जानकारी दिए । कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै बृहत् कृषि प्रविधि प्रदर्शनी अन्तर्गत केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरण गरिनेछ ।

    महिलाहरू, फरक क्षमता भएका व्यक्ति र स्थानीय कृषकका उत्पादनका लागि निःशुल्क स्टल व्यवस्था गरिने संघका महासचिव उपेन्द्रशर्मा आचार्यले बताए । साथै कृषि तथा पशुपालनसम्बन्धी कार्यशाला र गोष्ठीहरू पनि सञ्चालन हुनेछन् । मनोरञ्जनतर्फ राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति, आदिवासी जनजातिका भेषभूषा र नृत्य प्रदर्शन रहनेछ । उद्घाटनको दिन विभिन्न संघ–संस्थाको सहभागितामा बाजा र झाँकीसहितको शोभायात्रा समेत निकालिनेछ । सुरक्षाका लागि अत्याधुनिक सिसिटिभी निगरानी र पाँच करोड रुपैयाँ बराबरको बीमा व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले निजी क्षेत्रले ८७ प्रतिशत रोजगारी सिर्जना गरिरहेको उल्लेख गर्दै लगानी सुरक्षामा राज्य अझ जिम्मेवार हुनुपर्ने बताए । आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको रत्ननगर महोत्सवलाई राज्यस्तरबाट थप प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.