• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

पत्रकारिता क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न राससको तालिम केन्द्र

  •   शुक्रबार, पुष २५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । राष्ट्रिय समाचार समिति (रासस)ले पत्रकारिता क्षेत्रमा व्यावसायिक एवं दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता महसुस गरी चितवनको भरतपुरमा ‘तालिम केन्द्र भवन’ निर्माण गरेको छ ।

    आमसञ्चारसँग सम्बन्धित सैद्धान्तिक, व्यावहारिक र प्राविधिक ज्ञान दिने उद्देश्यले सो तालिम केन्द्र भवन निर्माण गरेको हो । भरतपुर महानगरपालिका–१० मा राससको आफ्नै जमिनमा भूमिगत पार्किङसहित चार तलाको भवन तयार भएको छ । त्यसमाथि अझै दुई तला थप गर्नसकिने गरी भवन निर्माण तथा नक्साङ्कनको व्यवस्थासमेत गरिएको छ ।

    भवनमा १३ वटा आवासीय कक्ष, स्टुडियो, प्रयोगशाला, तालिम कक्ष, चमेना गृह, कार्यालय कक्षलगायतका सुविधासम्पन्न पूर्वाधार निर्माण गरिएका छन् । सो भवनमा ३० जनालाई आवासीय सुविधासहितको तालिम दिन सकिने व्यवस्था छ ।

    विसं २०८० जेठ ८ गते निर्माण सम्झौता भई काम सुरु गरिएको सो केन्द्रको नवनिर्मित भवन अहिले हस्तान्तरणको चरणमा पुगेको छ । सघन सहरी तथा भवन निर्माण आयोजना, भरतपुरले रु पाँच करोड ७६ लाख ७१ हजारमा भवन निर्माण गरेको छ ।

    यसैगरी बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ‘एयरकण्डिसन’ जडानका लागि रु १७ लाख ५० हजार बजेट विनियोजन गरेको छ । त्यस्तै भरतपुर महानगरपालिकाले रु नौ लाख सहयोग गरेको छ ।

    यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तालिम केन्द्रले व्यावसायिक पत्रकारिताको दायर अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । सो भवनको निरीक्षण गर्नुहुँदै सञ्चारमन्त्री खरेलले भन्नुभयो, “व्यावसायिक पत्रकारिताको कुरा गरिरहँदा त्यसका लागि क्षमता विकास, तालिम, अनुभव साटासाट तथा कार्यशाला आवश्यक पर्छ । यस्ता कार्यक्रम सञ्चालन गर्न उपयुक्त स्थानको अभाव थियो, यस्तो अवस्थामा बनेको राससको तालिम केन्द्र अतिउपयोगी हुनेछ ।”

    उहाँले राज्यद्वारा सञ्चालित सञ्चार माध्यमका पत्रकार मात्र होइन, निजीक्षेत्रका सञ्चार माध्यमका पत्रकारहरूका लागि पनि तालिम आयोजना गर्दा विभिन्न होटलमा जानुपर्ने बाध्यात्मक अवस्थामा आधुनिक स्टुडियोसहितको तालिम केन्द्र सञ्चालनमा आएपछि मुलुकका आमसञ्चारमाध्यम र सञ्चारकर्मी लाभान्वित हुने विशवास व्यक्त गर्नुभयो ।

    सञ्चारमन्त्री खरेलले सो तालिम केन्द्रका लागि आवश्यक सामग्री खरिदका क्रममा सहजीकरण एवं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आवागमनका हिसावले उपयुक्त स्थानमा तालिम केन्द्र निर्माण भएकाले यसबाट समग्र पत्रकारहरु लाभान्वित हुने विश्वास व्यक्त गर्दै उहाँले व्यवस्थित ढङ्गबाट तालिम केन्द्र सञ्चालन गरी यसलाई उपलब्धिमूलक बनाउन रासस व्यवस्थापनको ध्यानाकर्षण गर्नुभयो ।

    महानगर प्रमुख रेनु दाहालले पत्रकार र पत्रकारिता क्षेत्रको विकासका लागि महानगरपालिकाले सक्दो सहयोग गरिरहेको बताउँदै आधिकारिक समाचार सम्प्रेषणमा महत्वपूर्ण भूमिका रहेको राससको भरतपुरस्थित तालिम केन्द्र निर्माणमा ‘टोकन मनि’का रुपमा सहयोग गरेको र आगामी दिनमा पनि सहयोग जारी रहने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “देशभरका पत्रकारको क्षमता अभिवृद्धिका लागि भरतपुरमा तालिम केन्द्र बन्नु हाम्रा लागि गौरवका विषय हो, सहयोग र सहकार्यका अवधारणाबमोजिम राससलाई सहयोग गर्न महानगरपालिका तयार छ ।”

    यसैगरी जिल्ला समन्वय समिति, चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले राससको नवनिर्मित भवन आकर्षक, बलियो, राम्रो र बहुउपयोगी रहेको बताउनुभयो । उहाँले तालिम केन्द्रमा पत्रकारिताका साथै अन्य क्षेत्रका तालिम गोष्ठीसमेत आयोजना गरी बहुउपयोगी बनाउन सुझाव दिनुभयो ।

    नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष वसन्त पराजुलीले देशकै मध्यभागमा अवस्थित चितवनको भरतपुरमा निर्माणाधीन रासस तालिम केन्द्र सञ्चालनमा आएपछि आमसञ्चार क्षेत्रमात्र नभई समग्र क्षेत्र लाभान्वित हुनुपर्नेमा जोड दिनुभयो ।

    राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले आमसञ्चार क्षेत्रको विद्यार्थी, क्रियाशील आमसञ्चारकर्मी र सक्रिय प्रशिक्षकका रुपमा आफूले प्राप्त गरेको ज्ञान र अनुभवका आधारमा नियमित अध्ययन, तालिम तथा क्षमता अभिवृद्धिजस्ता कार्यक्रमको अभावमा पत्रकारितासहित कुनै पनि पेसा, व्यवसाय सफल नहुने निष्कर्षमा आफू पुगेको स्पष्ट गर्दै भरतपुरमा तालिम केन्द्रको भवन निर्माण हुनु समग्र आमसञ्चार क्षेत्रका लागि गौरवका विषय हो भन्नुभयो ।
    नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका झाले भन्नुभयो, “कार्यकारी अध्यक्ष पदमा नियुक्त भएपछि राससको बृहत्तर हितमा गर्न सकिने र गर्नुपर्ने कामका विषयमा चरणबद्ध रुपमा छलफल गर्दा विभिन्न सुझाव प्राप्त भए । त्यसक्रममा गुणस्तरीय समाचार सामग्रीमा जोड दिँदै श्रव्यदृष्य सेवाको विस्तरसहित राससको पहँुच वृद्धि गर्ने र प्रशिक्षण तथा तालिम कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने विषयलाई प्राथमिकतामा राखेँ ।

    सोहीबमोजिम देशकै मध्यभागस्थित भरतपुरमा रासस तालिम केन्द्र स्थापना गर्ने योजना कार्यान्वयन गरी लक्ष्य पूरा गर्ने निष्कर्षसहित तत्कालीन सहरी विकाससचिव डा रमेश सिंहज्यूसँग गरिएको अनुरोधपछि बजेट व्यवस्था भई सुविधासम्पन्न भवन बन्न सम्भव भएको हो ।”

    कार्यकारी अध्यक्ष झाले भन्नुभयो, “आमसञ्चार तथा सूचनाको हकसम्बन्धी विषयमा तालिम दिनेक्रममा मुलुकका सबैजसो जिल्ला पुगेको छु । पालिका तथा जिल्ला तहमा पत्रकारको सङ्ख्या बढे पनि अपेक्षा गरिए जति जिम्मेवार तथा व्यावसायिक पत्रकारिता हुन नसकेको भन्ने आमगुनासो सुनिन्थ्यो । सूचना तथा प्रविधिको क्षेत्रमा भित्रिएको नयाँ प्रविधि एवं मूल्यमान्यतालाई आत्मसात् गर्न र आमपाठक, स्रोता तथा दर्शकको विश्वास जित्न तालिम तथा प्रशिक्षण आवश्यक छ । यसै परिवेशमा निर्माण भई सञ्चालनमा आउन लागेको रासस तालिम केन्द्र आमसञ्चारकर्मीका लागि कोसेढुङ्गा सावित हुने विश्वास लिएको छु ।”

    सङ्घीय, प्रदेश र स्थानीय सरकारको सहयोगमा तालिम केन्द्र भवन निर्माण गरिएको स्पष्ट गर्दै उहाँले अब यो सञ्चालनमा आएपछि राससकर्मीसहित देशभरका सञ्चारकर्मीको क्षमता अभिवृद्धि कार्यक्रमले निरन्तरता पाउने र त्यसबाट मुलुकको समग्र आमसञ्चार क्षेत्र लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

    यसैगरी राससका महाप्रबन्धक सन्दीप राईले अधिकांश तालिम केन्द्र सुविधासम्पन्न ठूला होटल तथा काठमाडौँमा केन्द्रित रहेको सन्र्दभमा देशको मध्यभागमा पर्ने भरतपुरस्थित रासस तालिम केन्द्र सञ्चालनमा आएपछि मुलुकको आमसञ्चार क्षेत्रलाई उल्लेख्य राहत पुग्ने धारणा व्यक्त गर्नुभयो ।

    सङ्घीय सरकारअन्तर्गत सहरी विकास तथा भवन निर्माण आयोजना भरतपुरको सुपरीवेक्षणमा तयार हुनलागेको सो भवन निर्माणमा ‘ऋषि शक्ति विल्डर्स एण्ड इन्जीनियर्स प्रालि’ संलग्न छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.