• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

रत्ननगर महोत्सव : छैठौं दिन सम्म डेढ लाखले गरे अबलोकन

  •   बुधबार, पुष ३०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा जारी रत्ननगर महोत्सवको १३औं संस्करणको छैठौं दिन बुधबार सम्म आइपुग्दा एक लाख ५५ हजारले महोत्सवको अबलोकन गरेका छन् । पौष २५ गतेबाट सुरु भएको महोत्सव ३० गते सम्म आइपुग्दा अबलोकनकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

    संघका कोषाध्यक्ष विनोद घिमिरेले टिकट विक्रीको संख्या अपेक्षाकृत रहेको र महोत्सव अबलोकनकर्ताको संख्या बढ्दै गएको बताए । संघका अध्यक्ष शंकर गिरीले माघ १ गतेबाट महोत्सवमा अबलोकनकर्ताको संख्या झनै बढ्ने दावी गरे । माघ १ गतेबाट अबलोकनकर्ताको संख्या थग्नै नसक्ने गरी बढ्ने अनुमान गरेका छौं उनले भने त्यसका लागि सुरक्षा व्यवस्था मजबुत बनाएका छौं । महोत्सव अबलोकन गर्न आएका मानिसहरुले रामजानकी मन्दिर आकृतिको भब्य गेट हेर्ने, फोटो तथा भिडियो खिच्ने गरेका छन् ।

    महोत्सव प्रवेश गरेका अबलोकनकर्ताहरुको रोजाइमा विभिन्न जनजातीको घर, कृषि परिसर र साँस्कृतिक कार्यक्रम रोजाइमा पर्ने गरेको छ । यस पटकको महोत्सवमा मह उत्सव, रोजगारी मेला र जलपरी अबलोकन मुख्य आर्कषणको रुपमा रहेको छ । महोत्सव परिसरमाख महको उत्पादन, गुणस्तर र बजारीकरणलाई प्रवद्र्धन गर्न छुट्टै परिसर निर्माण गरिएको छ । कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको संघका अध्यक्ष गिरीले बताए ।

    विगत दुई दशकदेखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको यस महोत्सवको १३औँ संस्करणको चार लाखभन्दा बढी दर्शक अबलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको छ । पर्यटन प्रर्वद्धन तर्फ खगरी खोलामा मोटरबोट सञ्चालन गरिएको छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका करिब ५०० स्टलहरू रहेका छन् । कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरणलाई महोत्सवले प्राथमिकतामा राखिएको छ ।

    यसैबीच रत्ननगर महोत्सव अन्तर्गत खानाको लागि खेतिपाति, भविश्यको खेतिपातिको चुनाती र अबसर तथा गीर गाई प्रर्बद्धन सम्बन्धी अन्तक्र्रिया कार्यक्रम गरिएको हो । रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको उक्त कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रका विज्ञहरुले अर्गानिक खेतीको प्रमाणिकरण र लगानीमा सरकार उदासीन रहेको बताएका थिए । कार्यक्रममा भविश्यको खेतिपातिका अभियान्ता डा.कृष्णप्रसाद पौडेलले खानाको लागि खेतिपाति, भविश्यको खेतिपातिको चुनाती र अबसरका विषयमा कार्यपत्र तथा अनुभवी पशुपालक किसान लक्ष्मण घिमिरेले नेपालका गीर गाईको पालनको सम्भावना र चुनौतीको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । डा.पौडेलको कार्यपत्र माथि बोल्दै वागमती प्रदेशका पूर्वमन्त्री विजय सुवेदीले पैसा कमाउने नाममा रैथाने तथा अर्गानिक खेती तर्फ किसानको ध्यान जान नसकेको बताएका थिए । व्यवसायिक खेती गर्ने नाममा विहान बेलुका हातमुख जोर्ने खानाको उत्पादन प्रति बेवास्था हुने गरेको भन्दै उक्त कार्यले भविश्मा संकट पैदा हुने उनले बताए । सोही कार्यपत्र माथि बोल्दै कृषि विज्ञ शारदा शर्मा पौडेलले अर्गानिक उत्पादनको प्रमाणिकरण र बजारीकरणको समस्या रहेको बताइन् । अर्गानिक उत्पादनलाई विहान बेलुका हातमुख जोर्ने माध्यम बनाउनु पर्ने भन्दै उनले अन्नबालीमा विषादीको प्रयोगले माटो जर्जर बनेको उल्लेख गरे । नेपालमा गीरगाई पालन सुरु गरेका खैरहनीका घिमिरेले नेपालमा गीरगाईको संख्या ५० को हाराहारीमा रहेको उल्लेख गर्दै चितवनमा ९ वटा मात्र रहेको जानकारी दिए । तराईमा गीरगाई पालनको सम्भावना उच्च रहेको भन्दै यहाँको हावापानीमा गीरगाई सजिलै हुर्कन सक्ने बताए । अनुभवी किसान हरि अधिकारीले खाद्यबालीमा रासायनिक मलको प्रयोगले माटोको उर्भराशक्ति शुन्यमा झरिसकेको बताए । रासायनिक मलको प्रयोगले माटो विग्रियो उनले भने सुधार गर्न राज्य गम्भिर देखिएन् । कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले रत्ननगर महोत्सवमा रैथाने बाली र पशुपालन विकासको लागि प्रर्बद्धनात्मक कार्यक्रम गरिएको बताए । संघका पूर्वअध्यक्ष तथा गोष्ठी तथा सेमिनार व्यवस्थापन समितिका संयोजक राजेन्द्र कुमार श्रेष्ठले रत्ननगर महोत्सवमा कृषि र पशुपालनको व्यवसायिक विकास तथा बजारीकरणको पाटोलाई प्राथमिकताका साथ अगाडि बढाएको भन्दै यस पटक महको उत्पादन र बजारीकरण, रैथानेबालीको संरक्षण र गीरगाई पालनलाई स्थापित गर्ने गरी कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा रत्ननगर नगरपालिकाका कृषि विकास अधिकृत प्रविन लामाले चितवनको तरकारी खेतीमा ६० प्रतिशत बढी विषादीको प्रयोग हुँदै आएको भन्दै न्यूनीकरणमा नलागे संकट उत्पन्न हुने बताए । कार्यक्रममा पूर्वमन्त्री केशबलाल श्रेष्ठ, किसान हरिप्रसाद पौडेल, विजय अर्याल, लगायतले मन्तव्य राखेका थिए । महोत्सवको गोष्ठी तथा सेमिनार व्यवस्थापन समितिका संयोजक श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायण अधिकारी, रत्ननगरका संस्थापक मेयर नारायण वन, समाजसेवी बलराम खनाल लगायतको उपस्थिति रहेको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.