काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो । बिहीबार सुनको मूल्य तोलामा ९२ हजार ६०० रुपैयाँ थियो भने बिहीबार बढेर तोलामा ९२ हजार ९०० रुपैयाँ पुगेको छ । यस्तै शुक्रबार तेजावी सुन तोलामा ९२ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । बिहीबार तोलामा १२०५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर १२१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।








