चितवन । स्कोलास्टिक फाउण्डेशन नेपालले गत वर्षमा आयोजना गरेको ‘एस्पायर स्कोलास्टिक मीटु लाई’ वर्ल्ड बुक अफ रेकर्डसु ले पुरस्कृत गरेको छ । चितवनको रत्ननगर नगरपालिकास्थित न्यु क्यापिटल कलेजमा ओलम्पिक ढाँचामा आयोजित उक्त कार्यक्रमले वर्ल्ड बुक अफ रेकर्डसमा विश्व किर्तिमान कायम गरेको हो । वर्ल्ड बुक अफ रेकर्डसले उक्त कार्यक्रमले विश्व किर्तिमान कायम गरेको प्रमाणीकरण गर्दै फाउण्डेशनलाई प्रमाणपत्रबाट पुरस्कृत गरेको छ। एकै स्थानमा एउटै बिषयमा १ हजार ५ सय विद्यार्थीहरुको सहभागीतामा १३ विधाका कार्यक्रम गरेर फाउण्डेशनले किर्तिमान बनाएको हो । उक्त किर्तिमानको प्रमाणपत्र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोख्रेलले फाउण्डेशनलाई हस्तान्तरण गरेका छन् । फाउण्डेशनका संस्थापक अध्यक्ष प्रज्वल भट्टराईले गत वर्ष आयोजित स्कोलास्टिक मीट वर्ल्ड बुक अफ रेकर्डसमा सुचिकृत हुनु गर्वको बिषय भएको बताए । उक्त किर्तिमान सबैको लागि महत्वपूर्ण उपलब्धी भएको भट्टराईको भनाई थियो । यसबाट उर्जा मिलेको भन्दै उनले खुशी व्यक्त गरे । फाउण्डेशनका महासचिव प्रभाव थपलियाले यो किर्तिमानलाई प्रेरणाको स्रोतको रुपमा लिदै शैक्षिक सुधारका थप कार्यक्रमहरु गरिने बताए । थपलियाले विद्यार्थीहरुको वौद्धिक क्षमता वृद्धिक लागि छिट्ट अन्य कार्यक्रमहरु गर्ने योजना रहेको जनकारी दिए । उनले स्कोलास्टिक मीट २०१९ सफलतापुर्वक सम्पन्न भएको तर कोरोनाका कारण यस वर्ष आयोजना गर्न नसकिएको बताए । आगामी वर्ष यसलाई पुनस् निरन्तरता दिइने उनको भनाई थियो । नव नियुक्त अध्यक्ष सस्मित पोख्रेलले विद्यार्थीहरुमा सृजनशिल क्षमता अभिवृद्धिका लागि फाउण्डेशनले बिभिन्न शैक्षिक अभियान चलाइरहेको बताए । विद्यार्थीहरुलाई गुणस्तरीयसँगै मौलिक सँस्कारसहितको सृजनात्मक क्षमता अभिवृद्धिमा राज्यसँगै आम नागरिकको भूमिका पनि महत्वपूर्ण हुने उनको भनाई थियो । चितवनसँगै तनहुँ र नवलपुरका माध्यमिक स्तरीय विद्यार्थीको सहभागीतामा गत वर्ष स्कोलास्टिक मीट २०१९ सम्पन्न भएको थियो । जसमा ुनेपाल भ्रमण वर्ष २०२०ु को बिषयमा वक्तृत्व कला, निवन्ध लेखन, चित्रकलालगायतका १३ विधाका कार्यक्रम आयोजना भएका थिए । उक्त कार्यक्रममा सामुदायीक तथा संस्थागत विद्यालयका १ हजार ५ सय जना विद्यार्थीहरु सहभागी थिए ।








