चितवन । राजतन्त्र स्थापनाको माग गर्दै चितवनमा शनिवार नेपाली झण्डा सहितको बृहत ¥याली हुने भएको छ। राष्ट्रवादी नागरिक समाज चितवनले संवैधानिक राजतन्त्र स्थापना तथा संघीयता खारेजीको माग गर्दै बृहत (याली गर्न लागेको हो। युवाहरुको राजसंस्था प्रतिको मोहलाई मध्यनजर गर्दै देशव्यापी एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले (यालीको आयोजना गरिएको आयोजक सस्थाले जानकारी दिएको छ ।शनिवार बिहान ११ बजेबाट सुरु हुने ¥याली भरतपुरको केन्द्रीय बस र्टमिनल–हाकिमचोक–चौबीसकोठी– वीरेन्द्र क्याम्पसचोक – लायन्सचोक – शहिदचोक – पुलचोक –पोखराबसपार्क – आँपटारी हुदैँ पुनः केन्द्रीय बस टर्मिनलमा गएर समापन हुनेछ।¥यालीमा चितवनका देशभक्त स्वतन्त्र युवाहरुले सहभागिता जनाउनसक्ने आयोजकले जनाएको छ।








