चितवन । नेपाली काङ्ग्रेस भरतपुर २९ वडा कार्य समितिले साविक कविलास ५ मा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ। नेकपा लगाएत विभिन्न पार्टी परित्याग गरि करिब ५० जना नेपाली काङ्ग्रेसको मुल्य मान्यता र आदर्श लाई आत्मसाथ गर्ने बाचा राख्दै पार्टी प्रवेश गरेका छन। नेपाली काङ्ग्रेस महासमितिका सदस्य राजेश्वर खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल तरुण दलका चितवनका सस्थापक अध्यक्ष एव्म पुर्ब केन्द्रिय सदस्य सम्भु अर्यालको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको हो । पार्टी सभापति भरत गुरुङको सभापतित्वमा सञ्चालित कार्यक्रममा भरतपुर २९ उमेदवारका प्रत्यासी क्याप्टेन सुर्य गुरुङ, नेपाल विद्यार्थी संघ पुर्ब केन्द्रिय सदस्य निर्मल राज पौडेल, दलित संघ जिल्ला सचिब राजाराम परियार, नेपाली काङ्ग्रेस चितवनका नेता मिलन लामिछाने, पुर्व क्षेत्रीय सचीव लक्ष्मण गुरुङ, भरतपुर २९ का नेता सनबहादुर मगर, सेतु गुरुङ वडा सचिब ईश्वरि अधिकारि लगायतको सहभागीता रहेको थियोे ।








