धादिङ। धादिङको गजुरी गाउँपालिका २ स्थित मलेखु बजारबाट प्रहरीले २ केजी गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ। बिहिबार चेकजाँचको क्रममा मलेखु बजारबाट प्रहरीले २ केजी गाँजा सहित ३ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा धादिङ सिद्धलेक गाउँपालिकाका सुदिप विक, गाडी चालक त्रीपुरा सुन्दरीका ४० वर्षिय गुभाजु र दाङ लमहीका सह चालक २१ वर्षिया गाहा मगर रहेको प्रहरीले जानकारी दिएको छ।
उनीहरुले काठमाडौंबाट पोखरा जाँदै गरेको बा ३ ख २३९४ नम्बरको हाइसको पछाडिको सिटमुनी कार्टुनमा ¥यापिङ पेपरले बेरिएर लुकाइ छिपाइ गाँजा ल्याइरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ।
धादिङको मलेखुबाट २ केजी गाजा सहित ३ जना पक्राउ
धादिङको मलेखुबाट २ केजी गाजा सहित ३ जना पक्राउ
- अ
- अ
- अ








