• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवनमा अनुमति लिएर राखिएका ११ हतियार मात्रै प्रशासनलाई बुझाइयो

  •   आइतबार, माघ २५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै स्थानीय प्रशासनले अनुमति लिएर राखिएका हतियार फिर्ता गर्न आह्वान गरे पनि चितवनमा हालसम्म ११ वटा हतियार मात्रै प्रशासनलाई बुझाइएको छ। जिल्लामा हतियार राख्ने अनुमति पाएका व्यक्तिको संख्या धेरै भए पनि अपेक्षित रूपमा हतियार फिर्ता नआएकाले प्रशासनको ध्यानाकर्षण भएको छ।

    चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार जिल्लामा हाल १४१ जनाले विभिन्न प्रकारका हतियार राख्न कानुनी अनुमति लिएका छन्। निर्वाचनलाई निष्पक्ष, स्वच्छ, शान्तिपूर्ण तथा विश्वसनीय बनाउन स्थानीय प्रशासनले गत माघ ६ गते सूचना प्रकाशित गर्दै अनुमति लिएर राखिएका सम्पूर्ण हतियार १५ दिनभित्र सम्बन्धित प्रशासन कार्यालयमा बुझाउन आग्रह गरेको थियो। तर तोकिएको समयावधि सकिँदासमेत सबै हतियार फिर्ता नभएको उहाँले जानकारी दिनुभयो।

    प्रजिअ अर्यालका अनुसार हालसम्म प्राप्त विवरणअनुसार केही हतियार जिल्ला बाहिर राखिएका हुन सक्ने सम्भावना रहेको छ। “कतिपय व्यक्तिले आफ्नो हतियार अन्य जिल्लामा बुझाएको हुन सक्छन्, त्यसको तथ्याङ्क आउने क्रम जारी छ,” उहाँले भन्नुभयो। यसका साथै बैंक तथा वित्तीय संस्थाको सुरक्षामा प्रयोग हुने हतियार भने फिर्ता गर्न नपर्ने व्यवस्था रहेको पनि उहाँले स्पष्ट पार्नुभयो। बैंकिङ क्षेत्रमा प्रयोग हुने हतियार सुरक्षा प्रयोजनका लागि अनिवार्य भएकाले ती हतियार निर्वाचन अवधिमा पनि प्रयोगमा रहनेछन्।

    अन्य सर्वसाधारण व्यक्तिले अनुमति लिएर राखेका हतियार भने निर्वाचन अवधिभर प्रशासनमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। निर्वाचन सम्पन्न भएपछि कानुनी प्रक्रिया पूरा गरी पुनः हतियार फिर्ता लिन सकिने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ। यस कदमले निर्वाचनको समयमा कुनै पनि किसिमको अवाञ्छित गतिविधि रोक्न सहयोग पुग्ने विश्वास गरिएको छ।

    स्थानीय प्रशासनले बाँकी हतियारधनीलाई समयमै हतियार बुझाउन पुनः आग्रह गरेको छ। निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै सरोकारवाला पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै प्रशासनले नियमको पालना गर्न सबैलाई अनुरोध गरेको छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.