काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् । बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएका थिए । त्यसपछि बैठक आज बस्ने गरी स्थगित भएको थियो । बैठकमा दुवै अध्यक्षका प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकल रुपमा २८ कात्तिकको बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेपछि प्रधानमन्त्री ओलीले १३ मंसीरमा जवाफी प्रतिवेदन पेश गरेका थिए । बैठकअघि प्रचण्ड र ओलीबीच छलफल भएको थियो । अध्यक्षद्वयबीच कात्तिक २५ गतेपछि पहिलोपटक ‘वान टु वान’ छलफल भएको हो । उक्त भेटले पार्टीको विवाद बढ्ने भन्दा पनि समझदारीतर्फ जानसक्ने आंकलन गरिएको छ ।








