चितवन । राष्ट्रवादी नागरिक समाज चितवनले संवैधानिक राजतन्त्र स्थापना तथा संघीयता खारेजीको माग गर्दै चितवनमा आयोजित बृहत प्रदर्शन भएको छ ।
मध्यान्ह १ बजे भरतपुरको केन्द्रीय बस टर्मिनलबाट सुरु भएको र्याली हाकिमचोक–चौबीसकोठी– वीरेन्द्र क्याम्पसचोक – लायन्सचोक – शहिदचोक – पुलचोक –पोखराबसपार्क –आँपटारी हुदैँ पुनः केन्द्रीय बस टर्मिनलमा गएर समापन भएको थियो । राजा आऊ देश बचाऊ’ भन्ने नारा लगाउँदै हजारौंको संख्यामा उनिहरुले र्याली निकालेका हुन् ।
र्यालीमा सहभागीले पञ्चायत र बहुदलकालीन राष्ट्रियगान ‘श्रीमान् गम्भीर नेपाली’, ‘हिमाल झैं अटल यो’ जस्ता गीत गाएका थिए । ‘गणतन्त्र मुर्दावाद’, ‘ हिन्दू राज्य कायम गर’, ‘जय देश, जय नरेश’ जस्ता नारा लगाइएको थियो । राष्ट्रवादी नागरिक समाज चितवनले युवाहरुको राजसंस्था प्रतिको मोहलाई मध्यनजर गर्दै देशव्यापी एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले ¥यालीको आयोजना गरेको हो । प्रदर्शनमा युवाहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्ने नारा लगाएका थिए । यतिबेला राजतन्त्र पुनः स्थापनाको माग गर्दै चितवन लगायत देशका विभिन्न स्थानमा दैनिकजसो प्रदर्शन भइरहेका छन्। हातमा राष्ट्रिय झण्डा बोकेर युवाहरु राजतन्त्रको पक्षमा नाराबाजी गर्दै सडकमा प्रदर्शन गरेका छन्।











