• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मतदातालाई ‘प्रतिज्ञापत्र’ बुझाउँदै कांग्रेस उमेदवार बुर्लाकोटी

  •   आइतबार, फागुन १०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै चितवन क्षेत्र नं १ मा कांग्रेसका तर्फबाट चुनावी प्रतिस्पर्धामा होमिएका उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटी प्रचारप्रसारमा व्यस्त छन् । शनिबार रत्ननगर–११ र १२ मा घरदैलोमा पुगेका बुर्लाकोटीले वृद्धवृद्धाबाट आशीर्वाद थाप्दै यसपटक आफूले हार्ने छूट नभएकोले यस क्षेत्रको आमूल परिवर्तनका लागि जिताउन आग्रह गरे ।

    उनले घरदैलोमा पुगेका अन्य नेताकार्यकर्तालाई भने, ‘तपाईंहरुले राजेन्द्र बुर्लाकोटीका लागि होइन, बदलिएको कांग्रेसका लागि मत माग्नुहोला । बदलिएको कांग्रेसले नै देश बदल्छ । त्यसका लागि युवानेता पार्टी सभापति गगनकुमार थापालाई प्रधानमन्त्री बनाउन हरेक क्षेत्रबाट कांग्रेसलाई विजयी गराउनुपर्छ ।’

    उनी सकभर आफैँ उपस्थित भएर मतदाताको मन जित्ने प्रयास गरिरहेका छन् । उनी खेतबारीमा काम गरिरहेका किसान, तरकारी बारी, मठमन्दिर, विभिन्न उत्सव मनाइरहेकादेखि काजकिरिया बसेका मतदातासम्म पुग्न भ्याएका छन् । उनले कांग्रेसले भर्खरै सार्वजनिक गरेको भिजन–१० मा आधारित प्रतिज्ञापत्रबारे मतदातालाई बुझाउने प्रयास गरिरहेका छन् ।

    पूर्वी चितवन खास गरी क्षेत्र नं १ विकासमा पछाडि परेको भन्दै आफू निर्वाचित भएमा मतदाताका अपेक्षा पूरा गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । यहाँको भौगोलिक अवस्थाबारे नजिकबाट बुझेका र मतदाताका आशा र अपेक्षा महसुस गरेका उनले कृषि, पर्यटन, पूर्वाधार, मानव–वन्यजन्तु द्वन्द्व र भूमिहीनको समस्या समाधानका लागि यसपटक आफूलाई मत दिन आग्रह गरेका छन् ।

    उनी भन्छन्, ‘म महिला, युवा, जेनजीका मुद्दाहरु सदनमा उठाउन सक्छु र सोहीबमोजिम बजेट ल्याएर यस क्षेत्रको परिवर्तन गर्न सक्छु ।’ आफू निर्वाचित भएपछि मतको सम्मान गर्ने र जनमतअनुरुप कामकारबाहीअगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    उनी भन्छन्, ‘म यही क्षेत्रमा आफ्नो अमूल्य समय खर्च गरिसकेको छु । जनताको दुःख–सुखमा सहयात्रा गरिरहेको छु । सुशासन मेरो पहिलो लक्ष्य हो । मलाई पैसा कमाउनु छैन । परिवार पाल्नु पनि छैन । र, व्यक्तिगत अभीप्सा पनि केही छैन । मलाई अन्तिमपटक मौका दिनुहोस् । भोटको गुन म विकास र समृद्धिमार्फत तिर्छु ।’

    उनी तडकभडक र भीडयुक्त प्रचारशैलीमा विश्वास गर्दैनन् । सरल, शान्त र कूटनीतिक शैलीबाट मतदाताको विश्वास जित्न सकिन्छ भन्ने उनले बुझेका छन् । उनी भन्छन्, ‘मलाई तिलस्मी कुरा गर्न आउँदैन । पूरा गर्न नसक्ने एजेन्डा मेरो छैन । कसैलाई गाली गर्ने स्वाभाव पनि मेरो होइन । म जे बोल्छु त्यो गर्छु र जे गर्छु त्यो मात्र बोल्ने गर्छु ।’

    मतदातालाई अन्योलमा पारेर होइन आफ्नो स्पष्ट मार्गचित्र प्रस्तुत गर्दै वृद्धवृद्धा, महिला, आदिवासी, जनजाति, युवा, जेनजी पुस्ताको मन जित्दै आएका बुर्लाकोटीले मतदाता भेट्दा आफू निकै उत्साहित रहेको बताएका छन् । भन्छन्, ‘चुनाव जित्ने सङ्केत मैले देखिसकेको छु । अहिले समाजमा माहोल पनि बुर्लाकोटीलाई यसपटक हेरौँ भन्ने छ । म सबै मतदाताप्रति निकै आशावादी छु ।’

    क्षेत्रीय सभापति एवम् निर्वाचन परिचालन समितिका संयोजक किरणभूषण सिंह ओलीले आफ्नो अमूल्य मत खेर नफाल्न मतदातालाई आग्रह गर्दै स्वच्छ छवि भएका राजेन्द्र बुर्लाकोटीको पक्षमा मतदान गर्न कन्जुस्याइँ गर्न नहुने बताए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.