• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भरतपुर–४ मा मीना खरेलको घरदैलो, खरेललाई समर्थन गर्न चितवन आए रमेश खरेल

  •   बुधबार, फागुन १३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र नम्बर २ मा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ। निर्वाचन आउन अब आठ दिन मात्र बाँकी रहँदा नेपाली कांग्रेसकी उम्मेदवार मीना कुमारी खरेलले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएकी छन्। घरदैलो, कोणसभा तथा भेटघाट कार्यक्रममार्फत उनी मतदातासम्म पुगिरहेकी छन्।

    आज फागुन १३ गते भरतपुर महानगरपालिका–४ मा सम्पन्न घरदैलो कार्यक्रममा उल्लेख्य जनसहभागिता देखिएको थियो। हजारौंको संख्यामा नेता–कार्यकर्ता तथा स्थानीय समर्थकहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा खरेलप्रति देखिएको उत्साहले क्षेत्रको चुनावी समीकरण थप रोचक बनेको छ । भरतपुर–४ स्वयं खरेलको बसोबास क्षेत्रसमेत भएकाले आफ्नै वडामा उनले पाएको समर्थनलाई विशेष रुपमा हेरिएको छ।

    भरतपुर–४ धर्मचोकमा कोणसभा आयोजना गरिएको थियो, जहाँ उल्लेख्य जनसहभागिता देखिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै खरेलले आफ्नै वडाबाट पाएको माया, साथ र समर्थनले आफू भावुक बनेको बताइन्।

    उनले भनिन्, “मैले कल्पना समेत नगरेका धेरै मान्छेहरू आजको घरदैलो र कोणसभामा उपस्थित भएर मलाई हौसला दिनुभयो। यही माया, विश्वास र साथले अब हाम्रो जित सुनिश्चित भएको महसुस गरेको छु। तपाईँहरूले राख्नुभएको भरोसालाई कामबाट प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। हृदयदेखि धन्यवाद।”

    उनको चुनावी अभियानमा समर्थन जनाउन पूर्व प्रहरी महानिरीक्षक रमेश खरेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितनारायण श्रेष्ठ, प्रदेश सभा सदस्य उत्तम जोशी तथा चितवन जिल्ला पार्टी सभापति राजेश्वर खनाल लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रममा बोल्दै पूर्व आइजीपी रमेश खरेलले मीना खरेललाई आदर्श समाजसेवी नेतृको रूपमा चित्रण गर्दै चितवन–२ का मतदाताले ऐतिहासिक अवसर पाएको उल्लेख गरे।

    उनले भने, “लामो समयदेखि असहाय, पीडित महिला तथा बालबालिकाको आवाज बनेकी मिना खरेलजस्तो उम्मेदवार पाउनु चितवन–२ मात्र होइन, सिंगो राष्ट्रकै लागि गर्वको विषय हो। यो लडाइँ कुनै लोकप्रियताको होइन, सत्य र असत्यबीचको संघर्ष हो। यसमा चितवन–२ का जनता चुक्नु हुँदैन।”

    उनले खरेलले करिब चार दशकदेखि समाजसेवाको क्षेत्रमा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै अब त्यो अनुभव र प्रतिबद्धता संघीय संसदमार्फत राष्ट्र निर्माणमा प्रयोग हुने विश्वास व्यक्त गरे। “यस क्षेत्रलाई जीवन समर्पित गरेकी नेत्रीलाई भोट नदिनु भनेको चितवन र यहाँका पीडित समुदायको अपमान गर्नु हो,” उनले भने, “हामी ढुक्क छौँ, यसपटक चितवन–२ का मतदाताले सम्मानसहित भोट दिएर उहाँलाई विजयी गराउनुहुनेछ।”

    घरदैलो कार्यक्रमकै क्रममा भरतपुर–४ स्थित लक्ष्मिनारायण मन्दिर परिसरमा समर्थकहरूले खरेललाई फूलमालासहित भजन–कीर्तन गरेर स्वागत गरेका थिए। स्थानीय महिलाहरू र युवाहरूको सहभागितामा गरिएको स्वागत कार्यक्रमले चुनावी माहोललाई थप उत्साहपूर्ण बनाएको थियो। आफ्नै क्षेत्रकी निष्ठावान र कर्मशील व्यक्तित्व उम्मेदवार पाएको उल्लेख गर्दै स्थानीय बासिन्दाहरूले यसपटकको मतदानमा कुनै पार्टीभन्दा माथि उठेर मीना खरेललाई नै मत दिने बताएका छन्।

    निर्वाचन मिति नजिकिँदै जाँदा चितवन–२ मा उम्मेदवारहरूबीच प्रतिस्पर्धा चर्किंदै गएको छ। यद्यपि भरतपुर–४ मा देखिएको सहभागिता र समर्थनले मीना कुमारी खरेलको अभियान थप उत्साहित बनेको स्थानीयहरु बताउछन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.