काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोलामा २ सय रुपैयाँले घटेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९२ हजार २ सय ५० रुपैयाँ रहेको छ । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोलाको एक हजार २ सय १० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








