चितवन । चितवनमा जिल्ला कारागारमा मतदान सम्पन्न भएको छ । यहाँ रहेका २ जना कर्मचारी सहित ११६ जनाले समानुपातिक तर्फ मतदान गरेका हुन्।
तिमध्ये ६ जना महिला रहेका छन् । अस्थायी मतदान केन्द्र रहेको जिल्ला कारागार चितवनको मतदान सम्पन्न भएको हो । ११५ जना कैदीबन्दीको मतदाता नामावली मा नाम भएपनि एक जना हिजो छुटे पनि ११४ जनाले मतदान गरेको कारागार प्रमुख रविन्द्र ढुंगानाले जानकारी दिए ।
यस कारागारमा हाल ६६९ जनाले सजाय भोगिरहेका छन् । अन्यको मतदाता नामावली नभएकाले मतदान गर्न पाएनन्। जिल्ला का ३ वटै मतदान केन्द्रमा शान्तीपुर्ण बिहान ७ बजेदेखि नै शान्ति पुर्ण रुपमा मतदान जारी छ ।








