• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

महावीर पुनले चुनावका लागि उठेको रकमबाट बचाए २७ लाख

  •   शनिबार, फागुन ३०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितेका महावीर पुनले चुनावका लागि प्राप्त रकममध्ये खर्च कटाएर पनि ठूलो रकम बाँकी रहेको जानकारी दिएका छन्।

    पुनले सार्वजनिक गरेको विवरणअनुसार दाताहरूबाट प्राप्त कुल रकम ५६ लाख ३७ हजार ८९३ रुपैयाँ ४७ पैसा रहेको छ । यसमध्ये चुनावी प्रचारप्रसार र अन्य काममा २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको र अहिले पनि बैंकमा २७ लाख ६९ हजार २५ रुपैयाँ ४७ पैसा बाँकी रहेको उनले बताएका छन् ।

    उनका अनुसार बाँकी रहेको रकम बेनीमा पाँच वर्षका लागि सम्पर्क कार्यालय सञ्चालन गर्न प्रयोग गरिनेछ । सो कार्यालयमार्फत गाउँबाट सदरमुकाम आउने नागरिकलाई सरकारी कामकाज तथा विभिन्न कार्यालयमा आवश्यक सामान्य सहयोग निःशुल्क रूपमा उपलब्ध गराइने उनले बताए ।

    पुनले कार्यालय सञ्चालनका लागि दुई जना कर्मचारी राख्ने, कम्प्युटर, फोटोकपी मेसिन र प्रिन्टरजस्ता उपकरण प्रयोग गर्ने योजना रहेको जानकारी दिएका छन् । चुनावी प्रचारका क्रममा गाउँगाउँमा पुग्दा यस्तो योजना आफूले मतदातासामु प्रस्तुत गरेको पनि उनले बताएका छन् । उनले ठूलो सहयोग गर्न नसके पनि नागरिकलाई सानो सहयोग गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

    पुनका अनुसार चुनावी प्रचारका क्रममा ४५ दिनसम्म १० देखि १६ जनासम्मको टोली बिहान ७ बजेदेखि राति १० बजेसम्म म्याग्दीका दुर्गम गाउँहरूमा पुगेको थियो । उनले जिल्लाका अधिकांश गाउँमा दुई पटकसम्म पुगेर प्रचारप्रसार गरिएको बताए ।

    म्याग्दीको भौगोलिक अवस्था झापा वा काठमाडौँजस्तो नभएकाले छोटो समयमा सबै क्षेत्रमा पुग्न कठिन भएको उल्लेख गर्दै उनले सबै गाउँमा प्रचार गर्न ४५ दिन लागेको बताएका छन्।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.