चितवन । चितवनमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४२६ मा झरेको छ । हालसम्म चितवनका पाँच हजार ९३२ जनामा संक्रमण पुष्टि भएको छ । पाँच हजार ४०९ संक्रमित निको भइसकेका छन् । ९७ संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । सक्रिय संक्रमित ४२६ जनामध्ये ३८३ संक्रमित होम आइसोलेसनमा छन् भने २८ जना मात्रै संक्रमित संस्थाग आइसोलेसनमा छन् ।








