चितबन । भरतपुरका विभिन्न स्थानमा भोलि (सोमबार) विद्युत अवरुद्ध हुने भएको छ । भरतपुर महानगरपालिका वार्ड ७,१० र ४ मा लाईन सुधार गर्नु पर्ने भएको हुँदा चितबनको धेरै स्थान सोमबार बिहान १० बजे देखि बेलुका ५ बजे सम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश कुमार महतोले जनाकारी दिनु भयो । सोमबार भरतपुर १ फिडरको माछापुच्छ्रे चोक , त्रिचोक , पिपलछोकका आसपास लगाएतका स्थानमा विद्युत अवरुद्ध हुने प्राधिकरणको भरतपुर वितरण केन्द्रले जनाएको छ ।








