चितवन । चितवनमा बिभीन्न कारणले बालबालिका हराउने क्रम रोकिन सकेको छैन । कोरोना महामारीको समयमा समेत यो संख्यामा कमी नआएपछि थप चुनौती बढ्दै गएको चितवन प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय चितबनको तथ्याङ्क हेर्दा बालबालिका हराएका उजुरी पर्ने क्रम निरन्तर रहेको छ । आफ्ना बालबालिका हराएपछि खोजिदिन माग राख्दै निबेदन दिनेको संख्यामा कमी नआएको प्रहरीको तथ्यांकमा उल्लेख छ । तथ्याङ्क अनुसार चितबनमा यो आर्थिक वर्षको ५ महिनामा मात्रै ३९ जना बालबालिका हराएका छन् । जसमध्ये ३० जना मात्रै फेला परेका छन् भने बाँकी अझै फेला परेका छैनन । जिल्ला प्रहरी कार्यालय चितबनका प्रबक्ता सुर्य थापाका अनुसार बालबालिका खोज्न अनुरोध गर्दै निवेदन पर्ने क्रम निरन्तर रहेको छ । उहाँले भन्नुभयो हराएलगतै निवेदन आइपुग्छ , प्रहरी संयन्त्र लगाएर खोजबिन अभियानै चलाउँदै आएका छौँ , उनले भने हराएका अधिकांश भेटिन्छन् । तर, नभेटिएकालाई खोज्ने काम जारी राखेका छौँ । थापाका अनुसार बेपत्ता हुनेमा १५ वर्षदेखि १८ वर्ष उमेर समुहका किशोरीहरु बढी छन् । यस्तै सोही अबधीमा यो वर्षको ५ महिनामा मात्रै १२ बालक हराएकोमा १० जना भेटिएका छन् । २७ बालिका हराएकोमा २० भेटिएका छन् । घरमा झगडा गर्ने, रिसाएर हिँड्ने कारणले गर्दा हराउने गरेको थापाले बताउनुभयो । यस्तै गतवर्ष १ सय २५ जना हराएको निवेदन प्रहरीमा परेको थियो । ३५ बालक हराएकोमा ३५ जना नै फेला परेका थिए । ९० जना बालिका हराएकोमा ८८ जना फेला परेका छन् भने २ जना अझै बेपत्ता रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ०७४÷०७५ मा १ सय ३१ जना बालबालिका हराएकोमा १ सय २२ जना भेटिएका थिए भने ०७५÷०७६ मा हराउने बालबालिकाको सङ्ख्या बढेर १ सय ७५ पुगेको थियो । सोही वर्ष भेटिएका बालबालिकाको सङ्ख्या भने १सय ७४जना पुगेको प्रबत्ता थापाले बताउनुभयो ।








