नवलपुर । नवलपुर प्रहरीले लागुऔषध सहित सोमबार विहान दुईजनालाई पक्राउ गरेको छ । कावासोती नगरपालिकाको वडा नम्बर ३ को हलचोक बाट लागु औषध सहित कावासोतीका देवबहादुर थापा र सुनिल गुरुङ्लाई पक्राउ गरिएको नवलपुर प्रहरीले जानकारी दिएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिबाट फेनारागन १०, डाईजेपाम १०, नुफिन १० एम्पुल, ७५ ट्याब्लेट नाइट्राभेट १० लगायतका लागु औषधीहरु फेला पारेको पनि नवलपुर प्रहरीले बताएको छ । पक्राउ परेका दुइजनालाई लागु औषध तथा नियन्त्रण ऐन २०३३ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अगाडी बढाइएको पनि जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जानकारी दिएको छ ।








