• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

हिंसा न्युनिकरणका लागि शिक्षामा जोड

  •   बिहिबार, मङि्सर २५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैंडाकोट । हिंसा न्युनिकरणका लागि हरेक नागरिकले हिंसा नगर्ने प्रतिवद्धता सहित व्यवहारत कार्यान्वयनमा जानुपर्ने एक कार्यक्रमका सरोकारवालाहरुले बताएका छन् । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल नवलपुरको आयोजनामा भएको लैङ्गिक हिंसा रहित समाजको परिकल्पनामा, शिक्षा र मानव अधिकारको भुमिका र अवस्था विषयक अन्तरक्रिया कार्यक्रम बोल्ने वक्ताहरुले त्यस्का लागि शिक्षालाई जोड दिनुपर्ने बताएका हुन् । हिंसा, शिक्षा र मानवअधिकारका विषयमा सबै सचेत बन्नुपर्नेमा उनिहरुको भनाई थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नवलपरासी (वर्दघाट सुस्तापूर्व) जिल्ला समन्वय समिति उप प्रमुख शारदा विश्वकर्माले हरेक नागरिकले हिंसा नगर्ने प्रतिवद्धता सहित व्यवहारत कार्यान्वयनमा जानुपर्ने बताउनुभयो । उहाँले त्यसका लागि शिक्षालाई मजबुत बनाउनुपर्ने बताउनुभयो । गैंडाकोट नगरपालिकाका उप प्रमुख एवं न्यायिक समिति संयोजक विष्णुकुमारी कंडेलले न्यायिक समिति मार्फत चेतनामुलक कार्यक्रम सञ्चालन भईरहेको बताउनुभयो । सबैको साथ र सहकार्यले मात्र हिंसा न्युनिकरण गर्न सकिने उहाँले बताउनुभयो । मानव अधिकार तथा शान्ती समाज नेपालका नवलपुर जिल्ला सभापति माधवप्रसाद गौतमले नीति तथा कानुन कार्यान्वन फितलो रहेकै कारण धेरैले न्याय पाउन नसकेको बताउनुभयो । नेपाल पत्रकार महासंघ नवलपुरका जिल्ला अध्यक्ष होमराज रानाभाटले पत्रकारिता जगतले यस विषयमा आवाज उठाईरहेको जनाउँदै गरिरहेको रिपोर्टिङबारे जानकारी गराउनुभएको थियो । विजय सामुदायिक शिक्षा सहकारी संस्थाका अध्यक्ष खेमराज सापकोटाले शिक्षा क्षेत्रमा हुने गतिविधीबारे र गर्न सकिने कामका विषयमा जानकारी गराउनुभएको थियो । क्रियाशिल महिला पत्रकार समूह (डब्लुडब्लुजे) नवलपुरका जिल्ला अध्यक्ष धनु भुषालले कार्यक्षेत्रमा महिलाको अवस्था र महिला पत्रकारको रिपोर्टिङ अवस्थाबारे जानकारी गराउनुभएको थियो । जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले किशोरीहरु हिंसामा परेका घटनाबारे जानकारी गराउँदै अवस्था दर्दनाक रहेको बताउनुभयो । कार्यक्रममा विजय विकास स्रोत केन्द्रका कोषाध्यक्ष पार्वती कंडेल, विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लि. का उपाध्यक्ष रामहरी शर्मा, गैर सरकारी संस्था महासंघ जिल्ला शाखाका प्रतिनिधि शारदा पाण्डे, सामाजिक विकास तथा अनुसन्धान केन्द्रका उपाध्यक्ष एवं शिक्षाका लागि राष्ट्रिय अभियानका जिल्ला उप संयोजक खुमनाथ पौडेल, लुम्बीनी प्लसका अध्यक्ष निर्मला पौडेल, हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफका प्रतिनिधि देविसरा पुलामी, मानव अधिकार तथा शान्ती समाज नेपालका जिल्ला सचिव कृष्णप्रसाद पराजुली, विजय विकास स्रोत केन्द्रका कार्यक्रम अधिकृत नर्मदा पाण्डे लगायतले आ आफ्नो धारणा राख्दै प्रभावकारी रुपमा गाउँ समुदाय स्तरमा नै कार्यक्रम अभियानका रुपमा नै गर्नुपर्ने बताएका थिए । त्यस्तै रेडियो संकेतका समाचार प्रमुख भुमिलाल पौडेल, ह्याप्पी एफएमका स्टेशन म्यानेजर आर्दश सुसिल, स्टार टेलिभिजनका संवाददाता विवेक भण्डारी, बुद्धदर्शन टेलिभिजनका संवाददाता यमु कुमाल लगायतले आफुले गरिरहेका काम र अब सरोकारवालाहरुको भूमिकाबारे सचेत गराएका थिए । कार्यक्रमका अध्यक्ष एवं शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल नवलपुरका संयोजक लक्ष्मी गौतमले आएका सुझावलाई एकिकृत गरि नीति निर्माण तहमा सरोकारवालाहरुलाई सचेत गराउने बताउनुभयो । कार्यक्रमको सहजिकरण विजय एफएमका सहायक स्टेशन म्यानेजर एवं विजय खबर पत्रिकाका समाचार सम्पादक प्रेम क्षेत्रीले गर्नुभएको थियो । विजय विकास स्रोत केन्द्रको सहकार्य, विजय एफएम १०१.६ र विजय खबर पत्रिकाको समन्वयमा सो कार्यक्रम सम्पन्न भएको हो । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म नेपालमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका रुपमा मनाउने चलन छ । लैङ्गिक हिंसा विरुद्धको दिवसको यस वर्षको नारा “लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता, व्यक्ति, समाज र सबैको ऐक्वबद्धता” रहेको छ । साथै बिहिबार नै ७२ औं राष्ट्रिय मानव अधिकार दिवस मनाईएको छ । “महामारीमा मानवअधिकार, स्वास्थ्य सेवामा पहुँच विस्तार” भन्ने नारा सहित दिवस मनाईएको हो । जीवनको अधिकारलाई मानिसको पहिलो र महत्त्वपूर्ण अधिकार मानिन्छ । मर्यादित एवम् सम्मानित रूपमा जीवनयापन गर्न पाउनु प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो । जीवनको अधिकार सुरक्षित भएपछि मात्र अन्य अधिकारको उपभोग सम्भव छ । यस आवमा राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदनमा आयोगमा मानव अधिकार उल्लंघन भएको भनी १३२ उजुरीहरू दर्ता भएको उल्लेख छ । आयोगमा दर्ता भएका र दर्ता गरिएका पुराना र नयाँ गरी ७९५ उजुरीमाथि अनुसन्धान सम्पन्न भएको उल्लेख छ । अहिले पनि राष्ट्रिय मानव अधिकार आयोगको गण्डकी प्रदेश कार्यालयमा नवलपुरका ३५ वटा उजुरी परेका छन् । आयोगले यस विषयमा अनुसन्धान गरिरहेको छ । परेका उजुरीहरु मध्ये द्वन्द्वसँग सम्बन्धित उजुरी धेरै रहेका छन् । द्वन्द्वकालिन घटनासँग सम्बन्धीत उजुरी पछि नवलपुरमा सबैभन्दा वढि हिंसासँग जोडिएका रहेका छन् ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.