चितवन । पूर्वी चितवनको रत्ननगर ७ मा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहले कारोना कहरका विचमा पनि आफ्ना उपभोक्तालाई विभिन्न राहतका कार्यक्रमहरुलाई निरन्तरता दिएको छ । पर्यापर्यटनका अब्बल बनेको यस वनले आफ्नो परिषद् वैठक राख्दै कोरोनाका कारण यो पटक झण्डै ६० प्रतिशत आम्दानी घटेपनि संरक्षणमा अग्रसर गराउने उपभोक्तामुखी कार्यक्रमहरुलाई प्रथामिकता दिएको छ ।वनले वालीनाली क्षतिपूर्ती, वन संरक्षण, कंक्रिट पर्खाल निर्माण, सिसार व्यवस्थापन, घाँसे मैदान निर्माण, किरियाका लागि लाग्ने दाउराको खर्च, मानव वन्यजन्तु द्धन्द्ध न्यूनिकरण र चोरी शिकारी नियन्त्रणयासगैँ सुत्केरी पोषण अनुदान, जेष्ठ नागरीक सम्मानलाई निरन्तरता दिएको अध्यक्ष जीतु तामाङले बताए ।वाघमारा वन संरक्षण गर्दै आम्दानी गर्ने नेपालकै नमुना वन हो अध्यक्ष तामाङले भने, आम्दानी कम भएपछि केहि राम्रो कार्यक्रमलाई असर गरेपनि प्रत्यक्ष उपभोक्ता र समुदयको हितमा हुने कार्यक्रम निरन्तरता दिईएको छ । बाघमारा बनका सचिव कृष्ण भटट्का अनुसार वनले यसअघि एकल महिला सम्मान, स्वास्थ्य बीमा, सुधारिएको चुलो, सोलार जडानमा अनुदान, शैक्षिाक सुधार बिवाहका लागि दाउरा, भ्याक्सिनेसन, बालीनाली क्षतीपूर्ती आदीमा खर्च गर्ने गरेको थियो । वनको मुख्य आम्दानीको श्रोत डुंगा संचालन र हात्ती प्रवेशबाट संकलन भएको भन्दै यो पटक कोरोनाले ति सबै ठप्प भएपछि आफुहरु मारमा परेको सचिव भटट्को भनाई छ ।पर्यटक घुमेकै कारण बार्षिक आम्दानी ३ करोड आठ लाख ७५ हजार आठ सय ५९ रुपैयाँ गत बर्ष वनले आम्दानी गर्न सफल भएको थियो । यसैविच गत बर्ष कात्र्तिकबाट सुरु गरेको वालीनाली क्षति राहत वितरण कार्यक्रम वनले यो पटक पनि परिषद् वैठककै अवसरमा वितरण गरेको छ । वनले रत्ननगर नगरपालिका वडा ७ बाट प्राप्त गरेको ९७ हजार रुपैयाँ ६२ जना वालीनाली क्षति भएका उपभोक्तहरुलाई वितरण गरेका छ । एक समारोहका विच वडा नं। ७ का वडा लालबहादुर ९भटट् राजन०, चितवन निकुञ्जका सहायक वार्डेन प्रकाश उप्रेती र अध्यक्ष तामाङले प्रति कठ्ठाको तीन हजार रुपैयाको दरले पिडित किसानलाई राहत वितरण गरेका थिए । गैडा, बँदेल, चितुवा, भालुलगायतका वन्यजन्तुले बाली क्षति गरेको तथ्यांक संकलन गरी राहत कार्यक्रम वडाले सहयोग गरि निरन्तरता गराएका छौंँ’ वडा नं। ७ का वडा अध्यक्ष लालबहादुर ९भटट् राजन०ले भने, ‘यसो हुँदा किसान र वन बीचको द्वन्द्व कम गर्न सहयोग पुग्ने विश्वास छ ।’ गत बर्ष मात्रै ४८ जना वनका उपभोक्ताहरुलाई बाली क्षति राहत वितरण गरिएको वन कार्यालय सचिव हरि आचार्यले जानकारी दिए । जौविक विविधता, वनवन्यजन्तुमा आम उपभोक्तालाई थप अग्रसर गराउन वालीनाली क्षति राहत वितरण सुरु गरेको अध्यक्ष तामाङले स्पष्ट पारे । कार्यक्रममा राष्टिय प्रकृति संरक्षण कोषका रेञ्जर ऋषिराम सुवेदीसहितको सहभागीता थियो ।








