काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९२ हजार ५० रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । शुक्रबार चाँदी तोलाको एक हजार २ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








