• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

डा रेग्मीले गरे तेत्तीस हजार बिरामीको मुटुको शल्यक्रिया

  •   शुक्रबार, जेठ २९, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । मुटुको उपचार आफैमा संवेदनशील मानिन्छ । यसमा पनि ३३ हजार बिरामीको शल्यक्रियामा एउटै चिकित्सक संलग्न हुनुहुन्छ भन्ने सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ ।

    चितवन मेडिकल कलेज (सिएमसी) मा कार्यरत प्रा.डा. श्यामराज रेग्मीले यहाँ र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा गरी ३२ हजार ६६९ जनाभन्दा बढी बिरामीको मुटुको शल्यक्रिया गर्नुभएको छ । बि.सं. २०२३ सालमा पर्वतमा जन्मिनु भएका रेग्मीले महारागजञ्जबाट एमबिबिएसपछि सन् २००२ मा बंगलादेशको ढाकाबाट मुटुरोग विषयमा स्नातकोत्तर (एमडि) गरेर नेपाल फर्किनु भएको हो ।

    त्यस लगत्तै उहाँले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सेवा प्रारम्भ गर्नुभयो । मुटुको धमनीबाट पाईप छिराएर गरिने इन्टरभेन्सन कार्डियोलोजी प्रविधिबाट उहाँले मुटुको शल्यक्रिया गर्न थाल्नुभयो । उहाँको भनाईमा त्यहाँ रहँदा उहाँले बालबालिकाको जन्मजात मुटुको २ हजार पाँच सयभन्दा बढीको एनजिओग्राम गर्नुभयो । यस्तै मुटुको भल्व खोल्ने काम दुई हजारभन्दा बढी भयो भने कोरोनरी एनजिओग्राफी १० हजारभन्दा बढीको गर्नुभयो ।

    उहाँले भन्नुभयो “हामीले गंगालालमा इन्टरभेन्सन कार्डियोलोजी प्रविधिबाट मुटुको शल्यक्रिया शुरु गरेका हौं ।” त्यहाँका मुटुरोग विशेषज्ञहरुको सहकार्यमा काम शुरु गरिएको उहाँ बताउनुहुन्छ ।

    बि.सं. २०६९ सालमा डा. रेग्मीले गंगालाल छाडेर भरतपुरमा रहेको चितवन मेडिकल कलेजमा मुटु शल्यक्रियाको काम शुरु गर्नुभयो । यस मेडिकल कलेजमा हालसम्म १८ हजार १६९ जनाको मुटुको शल्यक्रिया गरिएको उहाँको भनाई छ । उहाँकै नेतृत्वको समूहले एनजीओग्राफी, एनजीओप्लास्टी, पेसमेकर राख्ने, पिटिएमसी, मुटुको पानी तान्ने लगायतका काम नचिरिकन शल्यक्रिया भईरहेका छन् ।

    डा. रेग्मी हृदयघात भएका बिरामी आकस्मिक कक्षमा आएपछि उनीहरुको तत्काल शल्यक्रिया गरेर धमनी खोल्ने काम गरिन्छ । अस्पताल आउने मुटुका बिरामी मध्ये ७० प्रतिशत यस्ता बिरामी हुने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो “हृदयघातको आशंका छ भने क्याथल्याब भएको अस्पतालमा तत्काल पु¥याउनु पर्छ ।” अन्तर्राष्ट्रिय मान्यता अनुसार आकस्मिक कक्षमा आएका त्यस्ता बिरामीलाई ९० मिनेटभित्र क्याथल्याबमा लगेर मुटु खोल्नु पर्छ भन्ने रहेको छ । उहाँले आफूहरुले चौबीसै घण्टा आउने यस्ता बिरामीलाई ९० मिनेटभन्दा अगाडि नै सेवा दिने गरेको बताउनुभयो ।

    यस्तै छाती दुखेर बहिरंग सेवामा आउने बिरामीहरुको टिएमटि (ट्रेडमिल टेष्ट) गरेर मुटुमा कुनै समस्या देखिएमा एनजिओग्राफी गरेर नसा खोल्ने गरिएको छ । यसैगरी बाहिरबाट रिफरल भएर पनि मुटुका बिरामी आउने गरेको उहाँले बताउनुभयो ।

    मुटुमा तीन वटा मुख्य नसा हुन्छन् । कतिवटामा कस्तो समस्या छ (रोकावट छ) त्यसका आधारमा बिरामीलाई निको पार्न सकिने उहाँ बताउनुहुन्छ । समयमा अस्पताला आउने बिरामी बचाउन सकिने भन्दै उहाँले एकदेखि दुई प्रतिशत बिरामी जटिल अवस्थामा आउने र बचाउन कठिन हुने उहाँले बताउनुभयो । मुटुको समस्या भएको लक्षण थाहा पाउनु पर्ने भन्दै उहाँले चुरोट, सूर्तीजन्य पदार्थ र मादकपदार्थ सेवन गर्ने, मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोल भएका बिरामीले प्रत्येक वर्ष मुटुको परीक्षण गराईरहन उहाँको सुझाव छ ।

    देव्रे पट्टीको छाती दुख्ने र कहिलेकाही ग्यास्ट्रिक जस्तो पेट दुखेको तर ग्यास्ट्रिकको औषधिले निको नभएमा मुटुको समस्या हुन सक्ने भन्दै उहाँले त्यस्ता बिरामीलाई परीक्षणका लागि सुझाव दिनुभयो । उहाँले भन्नुभयो “सहनै नसक्ने गरी छाती दुख्यो भने पनि तुरुन्त क्याथल्याब भएको अस्पताल जानु पर्छ ।”

    नेपालमा पहिलो पटक नर्भिक अस्पतालमा यो विधिबाट मुटुको शल्यक्रिया गरिएको भन्दै सो पश्चात् गंगालाल हुँदै धरान र चितवन मेडिकल कलेजमा शुरु भएको उहाँ बताउनुहुन्छ ।

    अस्पतालका क्याथल्याब इन्चार्ज अमृत काफ्लेका अनुसार डा.रेग्मीसँगै शुरुदेखि नै यहाँ मुटुरोग विशेषज्ञ डा. विष्णुमणि धिताल, प्रा.डा. अनिल आचार्य, डा. पुरन गुरुङ, एनेस्थेसियोलोजिष्ट डा. भारती रेग्मी सहितको समूहले मुटुको उपचार गर्दै आएको छ ।

    अस्पतालमा सिमेन्स कम्पनीको वाईप्लेन क्याथल्याब रहेको छ । यही स्तरको उच्च प्रविधिको क्याथल्याब नेपालका अन्य अस्पतालमा भित्रिईनसकेको उहाँले बताउनुभयो । नेपाल सरकारले तोकेको दररेटमा मुटुको शल्यक्रिया हुने उहाँको भनाई छ । गंगालाल सहितको सरकारी अस्पताल सरह यहाँ मुटुको शल्यक्रिया शुल्क लाग्ने गर्दछ । डा. रेग्मीले मुटुका समस्या मध्ये सबैभन्दा धेरैलाई हृदयघात हुने भन्दै यसका लागि सरकारले रु. एक लाखसम्मको छुट दिने गरेकोमा थप रु. एक लाख दिन सकेमा बिरामी पैसाको अभावमा उपचारबाट बञ्चित हुन नपर्ने बताउनुभयो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.