• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  •   बुधबार, असार १०, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैँडाकोट । नवलपुर–चितवन क्षेत्रकै प्राविधिक शिक्षामा ऐतिहासिक फड्को मार्दै गैँडाकोटमा पहिलोपटक काठमाडौँ विश्वविद्यालय (KU) बाट सम्बन्धन प्राप्त ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (BIT) कार्यक्रम भित्रिएको छ । गैँडाकोट–५ मा यसै वर्षदेखि सञ्चालनमा आएको नयाँ र अत्याधुनिक शैक्षिक संस्था एन.आई.टी. (NIT) कलेजले आज एक विशेष पत्रकार सम्मेलनको आयोजना गरी शैक्षिक सत्र २०२६ का लागि भर्ना औपचारिक रूपमा खुला भएको घोषणा गरेको हो ।

    आजको प्रतिस्पर्धात्मक बजारमा केवल शैक्षिक प्रमाणपत्र मात्र पर्याप्त नहुने कटु यथार्थलाई मनन गर्दै यस नयाँ कलेजले पहिलो वर्षदेखि नै ‘Earn While You Learn’ (पढ्दै कमाउँदै) को नवीन अवधारणालाई अघि सारेको छ। यस कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई स्नातक तहको अध्ययन पूरा गर्नुअगावै रोजगार बजारका लागि सक्षम, आत्मविश्वासी र प्रतिस्पर्धी बनाउन प्रत्यक्ष कार्य अनुभव र आर्थिक आत्मनिर्भरता प्रदान गरिने कलेजले जनाएको छ ।
    एन.आई.टी. कलेजका अध्यक्ष छवि कँडेलले भन्नुभयो- “गैँडाकोटमै पहिलोपटक काठमाडौँ विश्वविद्यालय जस्तो प्रतिष्ठित संस्थाको बि.आई.टी. कार्यक्रम सञ्चालन गर्न पाउँदा हामी निकै उत्साहित छौँ।

    यो एकदमै नयाँ र परिमार्जित सोचका साथ खोलिएको कलेज हो। हाम्रो मुख्य उद्देश्य विद्यार्थीहरूलाई कोठाभित्रको सैद्धान्तिक ज्ञानमा मात्र सीमित राख्नु होइन। नेपाल र अन्तर्राष्ट्रिय बजारमा अहिले दक्ष आईटी जनशक्तिको ठूलो माग छ। हामीले विद्यार्थीहरू कलेजबाट निस्कँदा हातमा डिग्रीको सर्टिफिकेट मात्र होइन, बजारले खोजेको कम्तीमा २–३ वर्षको वास्तविक कार्य अनुभव र कर्पोरेट नेटवर्कसमेत लिएर निस्कियून् भन्ने चाहेका छौँ। यो कार्यक्रमले विद्यार्थीलाई अध्ययनकै क्रममा आर्थिक रूपमा आत्मनिर्भर बन्न सघाउनेछ।” विद्यार्थीहरूलाई प्रयोगात्मक र रोजगारमुखी शिक्षा प्रदान गर्नका लागि कलेजले स्थापनाकै वर्ष २ अन्तर्राष्ट्रिय तथा ८ राष्ट्रिय प्रतिष्ठित आईटी कम्पनीहरूसँग द्विपक्षीय समझदारी पत्र (MoU) सम्पन्न गरिसकेको छ।

    यस सहकार्यअन्तर्गत विद्यार्थीहरूले अध्ययन अवधिसँगै सशुल्क इन्टर्नसिप (Paid Internship), आंशिक रोजगारी (Part-Time Employment), उद्योगमा आधारित प्रोजेक्टहरू र उद्योगका विज्ञहरूबाट प्रत्यक्ष मेन्टरसिप र करियर गाइडन्स पाउनेछन्। बि.आई.टी. कार्यक्रम विशेषगरी प्लस टु विज्ञान (Physics, Mathematics, and Chemistry वा Computer Science) अध्ययन पूरा गरेका विद्यार्थीहरूका लागि लक्षित छ ।

    यस कोर्षभित्र आर्टिफिसियल इन्टेलिजेन्स (AI), मेसिन लर्निङ, साइबर सेक्युरिटी, क्लाउड कम्प्युटिङ, डाटा साइन्स, सफ्टवेयर डेभलपमेन्ट तथा मोबाइल एप्लिकेसन डेभलपमेन्ट जस्ता विश्व बजारमा अत्यधिक माग भएका अत्याधुनिक विषयहरू समावेश छन्। नयाँ कलेज भएकाले यसमा अत्याधुनिक कम्प्युटर ल्याब, डिजिटल शिक्षण वातावरण, र अनुभवी तथा दक्ष प्राध्यापकहरूद्वारा अध्यापनको व्यवस्था मिलाइएको छ। बिहानको सिफ्ट (Morning Shift) मा कक्षा सञ्चालन हुने भएकाले विद्यार्थीहरूलाई दिउँसोको समयमा कम्पनीहरूमा काम गर्न वा इन्टर्नसिप गर्न सहज हुनेछ।

    साथै, जेहेन्दार, आर्थिक अवस्था कमजोर भएका तथा समावेशिताका आधारमा विद्यार्थीहरूलाई विभिन्न छात्रवृत्ति योजनाहरूसमेत उपलब्ध गराइने जानकारी दिइएको छ। कलेज प्रशासनले सीमित सिटहरू मात्र उपलब्ध भएकाले इच्छुक विद्यार्थी तथा अभिभावकहरूलाई समयमै कलेजमा सम्पर्क राखी परामर्श लिन र आफ्नो सिट सुरक्षित गर्न अनुरोध गरेको छ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.