• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

कावासोतीमा अखाद्य चुक नष्ट

  •   आइतबार, मङि्सर २८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कावासोती। यहाँ कृत्रिमरुपमा अमिलो (चुक) बनाउने काम बढ्दै गएको छ । कर्न फ्लोर, साइटिक एसिड, क्यारामेल रङ, सोडियम बेन्जोएट र कृत्रिम बास्ना राखी चुक तयार गरिएको पाइएको छ । नवलपरासी पूर्व नवलपुरको कावासोतीमा अखाद्य चुक नष्ट गरिएको छ । प्रहरीले कावासोतीबाट बरामद गरेको एक हजार २६० लिटर चुक घरेलु तथा साना उद्योग कार्यालयमार्फत नष्ट गरिएको हो । बरामद गरिएको चुक अमिलोको गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा पठाइएको थियो ।

    परीक्षणका क्रममा प्राकृतिक अमिलोबाट चुक बनाएको नपाइपछि नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख विक्रम सुवेदीले बताउनुभयो । कावासोती नपा–१३ निवासी टेकबहादुर विकले प्रदेश २–०३–००१–च ०५०० को गाडीमा दाङको तुलसीपुरका लागि गोरखा कालिका चुक उद्योग गैँडाकोट नपा–५ बाट उत्पादित चुक लैजाने क्रममा बरामद गरिएको थियो । ठूलोमात्रामा चुक बरामद भएपछि गुणस्तरमा शङ्का लागि परीक्षणका लागि भैरहवा पठाइएको थियो । गुणस्तर परीक्षण गर्दा विभिन्न रसायनबाट चुक बनाएको पाइएपछि नष्ट गरिएको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो ।

    गुणस्तर परीक्षण गर्दा उक्त खाद्य पदार्थ प्रचलनमा रहेको चुक अमिलो नभई कुनै खानयोग्य अमिलो, स्टार्च पाउडर र क्यारामेल रङ राखी तयार पारिएको चुक अमिलो जस्तै देखिने कृत्रिम वस्तु रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विमलकुमार दाहालले जानकारी दिनुभयो । उद्योगको अनुगमन गर्दासमेत कर्न फ्लोर, साइटिक एसिड, क्यारामेल रङ, सोडियम बेञ्जोएट र कृत्रिम बास्ना राखी उक्त चुक अमिलो तयार गरिएको पाइएको दाहालले बताउनुभयो । निबुवाको चुक भनी कृत्रिम चुक झुक्याएर बेच्ने गरेको पाइएको उहाँले बताउनुभयो ।

    चुकमा कुनै लेबल नभएको, कमसल वस्तुको प्रयोग गरी उत्पादन गरेकाले नष्ट गरिएको अनुसन्धान अधिकृत दाहालले बताउनुभयो । गोरखा कालिका चुक उद्योगले खाद्य पदार्थको उत्पादन, विक्री वितरण, सञ्चय वा प्रशोधन गर्न चाहने व्यक्तिले खाद्य उद्योगको अनुज्ञापत्र लिनुपर्नेमा सो अनुमतिसमेत नलिएको पाइएको छ । उद्योगलाई आवश्यक कारवाहीका लागि प्रदेश कार्यालयमा पत्राचार गरिसकिएको जनाइएको छ । शनिबार नष्ट गरिएको चुक अमिलो बजार मूल्यअनुसार रु पाँच लाखभन्दा बढीको छ । बजारमा कुनै पनि लेबल नलगाई कमसल खालका वस्तुका प्रयोग गरी चुक अमिलो बिक्री गर्ने धेरै पाइएकाले यसमा उपभोक्तासमेत सचेत हुनुपर्ने उपभोक्ता हित संरक्षण मञ्च नवलपुरका अध्यक्ष डोरमान गिरीले बताउनुभयो । कुनै पनि खाद्य वस्तु उपभोग गर्नुपूर्व लेबल, उत्पादन तथा प्रयोगको अन्तिम म्याद जस्ता सामान्य कुरामा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.