सांकेतिक तस्विर
हेटौँडा । दाङमा गुडिरहेको बसमा आगलागी हुदा बस जलेर नष्ट भएको छ।सोमबार बिहान तुलसीपुरबाट नेपालगञ्जका लागि छुटेको रा १ ख २३७४ नम्बरको बसमा तुलसीपुर उपमहानगरपालिका –१३ बखरियामा एक्कासी आगो लागेको दाङ प्रहरीले जनाएको छ। आगलागीबाट पुर्ण रुपमा जलेको र कुनै पनि मानवी क्षति नभएको जनाइएको छ। ब्याट्री सर्ट भई आगलागी भएको हुन सक्ने र आगलागीको अनुसन्धान भइरहेको जनाइएको छ।








