धादिङ । त्रिशूली नदीको कटानका कारण भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ गलौदी सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ। आज दिउँसो ३ः१० बजेदेखि उक्त सडकखण्डमा दुवैतर्फ सवारीसाधन सञ्चालनमा आएको हो।
नेपाल प्रहरीका अनुसार त्रिशूली नदीले सडक कटान गर्दा गत असोज २३ गते साँझ गलौदीमा सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको थियो। सडकको केही भाग भासिएर जोखिम बढेपछि उक्त खण्डमा दुवैतर्फी सवारी आवागमन बन्द गरिएको थियो। सडक मर्मत तथा आवश्यक व्यवस्थापनपछि यातायात सञ्चालनमा आएको हो।








