चितवन । चितवनका युवा समाजसेवी तथा ब्यावसायी सुनिल कुमार क्षेत्री शाही शक्ति नेपालको संगठन विभाग प्रमुखमा मनोनित भएका छन । क्षेत्री बिभिन्न सामाजिक कार्यहरुमा सकिृय रहने गर्दछन भने पछिल्लो समय उनि राजावादीहरुको आन्दोलनमा अग्रभागमा देखिन समेत थालेका छन । पार्टी भन्दा माथि उठेर देश र जनताको सेवामा सर्मपित हुनु पर्छ भन्ने मान्यता राख्ने सुनिल राप्रपाका युवा नेता समेत रहेका थिए तर फरक सन्देश संगको कुराकानिमा उन्ले पार्टीवाट बिस्थापित हुने र राष्ट्रवादी आन्दोलनमा समाहित हुने धारणा समेत ब्यक्त गरेका थिए।








