काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कोरोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोलामा ८ सयले बढेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९२ हजार ६ सय ५० रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोलामा ३० रुपैयाँले बढेर एक हजार २ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








