काठमाडौँ । काठमाडौं उपत्यकामा शुक्रबारदेखि जोर–बिजोर प्रणाली हट्ने भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको प्रशासनका अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, यातायात व्यवस्था विभागका प्रतिनिधि तथा यातायात व्यवसायी तथा मजदुरबीचको बैठकले सार्वजनिक सवारीमा जोर–बिजोर प्रणली कायम गर्दा झनै भीड बढेको निष्कर्ष निकाल्दै भोलिबाट उक्त प्रणली हटाउने निर्णय गरेको हो । बैठकमा भएको सहमति अनुसार तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सार्वजनिक र निजी सवारी चल्नेछन् । पछिल्लोसमय सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जोर–बिजोर प्रणाली लागू गरेपछि सार्वजनिक सवारीमा ठूलो भीडभाड हुन थालेको छ । त्यसपछि व्यवसायी तथा सर्वसाधारणले जोर(बिजार प्रणाली हटाउन माग गरेका थिए ।








