माडी । माडी नगरपालिका स्थित परुई खोला किनारामा बस्दै आएका चेपाङ बालबालिकालाई न्यानो कपडा प्रदान गरिएको छ । हेल्प फर ह्याप्पीनेस नामक संस्थाले उत्त बस्तिका ७१ जना बालबालिकालाई न्यानो कपडा हस्तान्त्रण गरेको हो । बढ्दो चिसोका कारण खोला किनारमा बसोबास गर्दै आएका उनिहरुलाई जाडोयाममा चिसोबाट प्रभावित हुन सक्ने भन्दै न्यानो कपडा हस्तान्त्रण गरिएको संस्थाका अध्यक्ष नविन तिवारीले जानकारी दिनु भयो । तिवारीका अनुसार उत्त बस्तिमा बसोबास गर्ने १६ बर्ष मुनिका बालबालिकाहरुलाई न्यानो कपडा प्रदान गरिएको हो । उक्त कार्यक्रममा माडी नगरपालिका नगर प्रमुख ठाकुर प्रसाद ढकाल, माडी नगरपालिका वडा नं ७ वडाध्यक्ष बालकृष्ण सापकोटा लगाएतको उपस्थित रहेको थियो । उत्त स्थानका अधिकांश चेपाङ समुदायका बिपन्न परिवारका बालबालिकाहरु जाडोमा कठ्याङग्रीएर बस्नुपर्ने बाध्यतामा थियो ।








