काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु अगाडि नै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद विघटनको सिफारिस गर्ने निर्णय गरेसँगै नेकपाका ९० सांसदहरूले सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए। मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरिसकेकी छिन्।









