चितबन । वातवरणमा असर पुग्ने भन्दै जिल्ला ट्राफिक कार्यालयले चितबनको विभिन्न बजार क्षेत्रमा निषेध गरेको ‘नो हर्न अर्थात् हर्न निषेधित क्षेत्र’ अभियान प्रभावकारी हुन सकेको छैन। गत बर्ष असोजको पहिलो हप्तासम्म ट्राफिक प्रहरीहरु नो हर्न भन्दै सवारी चालकलाई सचेत गराउने र कारवाही गर्न सक्रिय भएपनि अहिले मौन देखिएका छन्। चितबनको मुख्य बजार नारायणगढ , शहिचोक चौबिसकोटीका बजारमा निषेध गरिएको हर्न बजिररहेको सुनिन्छ। भरतपुरको बसपार्क, हाकिमचोक, एरपोट लगायतको क्षेत्रमा हर्न निषेधित क्षेत्र लेखिएका होडिङ वोर्ड राखिएका छन्। तर, बोर्डमै सिमित भएको सर्वसाधरणको आरोप छ।हर्न निषेधित वीरेन्द्रनगर घोषणामा मात्र सिमित भएको छ। कार्यान्वयनको पाटो बलियो नहुँदा सवारी चालकले विना रोकावट जस्तै हर्न बजाउने गरेका छन्। सुरुका केही दिनमा हर्न बजाएको कम सुनिए पनि पछिल्लो समय अवस्था पुरानै दोहोरिएको छ। प्रहरीले सवारीको गम्भीर दुर्घटना हुने गरी खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने मोड आएमा मात्रै हर्न बजाउन छुट दिइएको थियो। जोखिमयुक्त मोडहरुमा पनि छोटा हर्न मात्रै प्रयोग गर्न नपाइने भन्दै झिकेको थियो। सार्वजनिक, सरकारी, पर्यटकबाहक र निजी सवारीले भने दुई अवस्थामा मात्रै हर्न बजाउन पाउने भनिएको थियो। एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकललगायत आकस्मिक प्रयोजनमा कुद्ने सवारीका हकमा लागू नहुने गरी सुरु गरिएको नो हर्न अहिले प्रभावबिहिन भएको छ। यता जिल्ला ट्राफिक कार्यालय चितबनका प्रमुख दयाकृष्ण भट्टले निरन्तररुपमा कारबाही गरिरहेको जनकारी दिए । उनले चालू आर्थिक वर्षको ५ महिनामा २२० वटालाई कारबाही गरिरहेको बताए। ट्राफिक प्रहरीका अनुसार हर्न निषेध अभियान संचालन भएपछि अत्यावश्यक क्षेत्रका बाहेक निजी वा सार्वजनिक कुनै पनि सवारी साधनले हर्न बजाउन निषेध गरिएको छ । अटेर गरेर हर्न बजाएमा ट्राफिक प्रहरीले तत्काल ५ सयदेखि एक हजार रुपैयाँसम्म ‘स्पट’ जरीवना गराउने छ ।








